मङ्ल, जेष्ठ १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अशान्ति फैलाएको आरोपमा २५ जना युवा समात्याे

धारणा न्यूज by धारणा न्यूज
१५ घण्टा अगाडि
0
अशान्ति फैलाएको आरोपमा २५ जना युवा समात्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सिरहा । सामाजिक सञ्जालमा विभिन्न ग्याङ् तथा समूहको नाम प्रयोग गरी धम्कीयुक्त तथा अशान्ति फैलाएको आरोपमा प्रहरीले २५ जना युवालाई २१ थान मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार ‘किङ अफ बलान’, ‘किङ अफ भगवानपुर’, ‘किङ अफ लहान’ र ‘किलर्स ब्रदर’लगायतका नाममा टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमार्फत समूह निर्माण गरी गालीगलौज, धम्की तथा उच्छृङ्खल गतिविधि प्रदर्शन गर्ने गरेका थिए । प्रहरीका अनुसार ती युवाहरूले बिना हेल्मेट, आवश्यक कागजपत्रविनाका तथा नम्बर प्लेट नभएका मोटरसाइकल प्रयोग गर्दै राजमार्गमा होहल्ला गर्ने, एकै मोटरसाइकलमा तीनदेखि चार जनासम्म सवार हुने तथा ट्राफिक नियमको खुला उल्लङ्घन गरी सामाजिक शान्ति भङ्ग गर्ने गतिविधि गर्दै आएका थिए । यसै क्रममा सिरहा–चोहर्वा सडक खण्डमा प्रहरीले सञ्चालन गरेको नियमित चेकजाँचका क्रममा उक्त समूहका युवाहरू फेला परेका हुन् ।

नियन्त्रणमा लिइएकामध्ये सप्तरीको बलान बिहुल गाउँपालिकाका १२ जना, सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना तथा भगवानपुर गाउँपालिकाका ५ जना रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट २१ थान मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका युवाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पालले जानकारी दिए । प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भय, त्रास र असुरक्षा फैलाउने तथा सार्वजनिक शान्ति खल्बल्याउने गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ । यस्ता गतिविधि दोहोरिए कानुनबमोजिम कडा कारबाही गरिने समेत प्रहरीले चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

एक लुटेरा पक्राउ

२ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भाजपाको निमन्त्रणामा रविको पहिलो औपचारिक भ्रमण

आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली

रविको भारत भ्रमणबाट सम्बन्धमा आउला सुधार ?

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

प्रम बालेनको अभिव्यक्ति हटाइनुपर्ने माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक