शनि, जेष्ठ १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्ने घोषणा

धारणा न्यूज by धारणा न्यूज
१० घण्टा अगाडि
Reading Time: 1 min read
0
सेनाले मनाए संयुक्त राष्ट्र संघ दिवस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा नीतिलाई समयानुकूल परिमार्जन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै राष्ट्रिय सुरक्षा नीति पुनरवलोकन र परिमार्जन गरिने  जानकारी गराउनु भयो ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमार्फत मुलुकको सुरक्षा प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र प्रभावकारी बनाउने लक्ष्य लिएको छ । त्यसका लागि राष्ट्रिय सुरक्षा नीतिलाई वर्तमान आवश्यकता अनुसार अद्यावधिक गरिने जनाइएको छ । बढ्दो साइबर अपराध, सीमापार अपराध, सङ्गठित अपराध, मानव बेचबिखन, लागुऔषध कारोबार, डिजिटल सुरक्षा जस्ता नयाँ चुनौती बढ्दै गएको सन्दर्भमा सरकारले सुरक्षा नीतिमा व्यापक सुधार आवश्यक ठानेको औँल्याइएको हो ।

राष्ट्रिय सुरक्षालाई थप सुदृढ बनाउन परम्परागत सुरक्षा अवधारणाभन्दा बाहिर गएर अब साइबर सुरक्षा, सूचना सुरक्षा, जैविक जोखिम, विपत् व्यवस्थापन तथा आर्थिक सुरक्षालाई समेत राष्ट्रिय सुरक्षा नीतिमा समेटिने छ ।

राष्ट्रिय सुरक्षालाई थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको कार्यक्षेत्र, समन्वय तथा जिम्मेवारीबारे पनि विस्तृत अध्ययनसहितको पुनर्विचार हुन सक्ने अनुमान गरिएको छ ।

रणनीतिक सुरक्षाका जानकार नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्दले परम्परागत राष्ट्रिय सुरक्षा नीति परिमार्जन आवश्यक रहेको जनाउनुभयो । राष्ट्रिय सुरक्षासँग सम्बन्धित निकायको स्पष्ट जिम्मेवारी र भूमिका नहुँदा अन्योल र आरोप प्रत्यारोप बढ्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “परिवर्तित अवस्थामा सुरक्षा चुनौती सामना गर्न स्पष्ट राष्ट्रिय सुरक्षा नीति बनाउने सरकारको घोषणा अत्यन्तै समयसान्दर्भिक र अपरिहार्य छ ।”

सरकारले सीमा सुरक्षा, आन्तरिक शान्ति, विपत् उद्धार तथा संवेदनशील पूर्वाधार सुरक्षालाई प्राथमिकतामा राखी आधुनिक प्रविधिको प्रयोगमार्फत सुरक्षा संयन्त्रलाई सुदृढ बनाउने योजनासमेत अघि सारेको छ ।

नेपालको भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै छिमेकी मुलुकसँगको सुरक्षा सहकार्य, सीमा व्यवस्थापन तथा रणनीतिक हितको संरक्षणलाई समेत नीतिमा प्राथमिकता दिने तयारी छ । यसै गरी सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत सुरक्षाकर्मीको सेवा अवधि र पेन्सन प्रणालीबिच रहेको विद्यमान अन्तरको अध्ययन समायोजन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस्

ट्राफिक चेकिङका क्रममा १२ जना स्कुल बसका चालक कारबाही

ट्राफिक व्यवस्थापनव्यवस्थापनमा भएका उल्लेखनीय कार्यहरू

२ दिन अगाडि
भारती सान्‌निधानम्‌बाट नेपाल प्रहरी कार्यालयको अवलोकन

भारती सान्‌निधानम्‌बाट नेपाल प्रहरी कार्यालयको अवलोकन

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर–ठिमीमा पाइप सञ्जाल विस्तार गरिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विद्या वाचस्पतिको मानार्थ उपाधिबाट विजय किशोर पाण्डे सम्मानित

राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्ने घोषणा

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक