काठमाडाैं । काठमाडौं जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले नाबालिकाकाे उद्वार गरिएकाे छ ।
अनुगमनको क्रममा उद्धार गरेकी वर्ष १६ की नाम परिवर्तित २६ परिसर (९८) को जाहेरीले नाबालिकालाई ललाइफकाइ स्पामा काममा राखेर यौनजन्य क्रियाकलापमा संलग्न गराइएकाे खबर प्राप्त भएकाे छ ।
प्रतिवादी जिल्ला संखुवासभा, चैनपुर नगरपालिका ७ घर भइ जिल्ला काठमाडौं, टोखा नगरपालिका ५ स्थित Spa Park सञ्चालन गरी बस्ने वर्ष ४८ की अनिता भण्डारी भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा निज प्रतिवादी अनिता भण्डारी जेष्ठ ११ गते पुर्पक्षका लागि कारागार चलान भएको थियाे।


