सोम, जेष्ठ ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

धारणा न्यूज by धारणा न्यूज
५ घण्टा अगाडि
Reading Time: 1 min read
0
विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ लाई विश्वकप २०२६ को सन्तुलित र अप्रत्याशित नतिजा आउन सक्ने समूहका रूपमा हेरिएको छ ।

उत्तर अमेरिका, दक्षिण अमेरिका, ओसिनिया र युरोपका चार फरक शैलीका टोली एउटै समूहमा हुँदा प्रतिस्पर्धा झन् रोचक बन्ने देखिन्छ ।

घरेलु समर्थकको साथ पाएको अमेरिका, अनुशासित खेल प्रदर्शन गर्ने पाराग्वे, शारीरिक रूपमा बलियो अस्ट्रेलिया र रणनीतिक रूपमा परिपक्व टर्की बीचको भिडन्तले समूहलाई खुला बनाएको छ ।

समूह ‘डी’ मा रहेका टिमहरू कस्ता छन् हेरौं ।

अमेरिका

आयोजक राष्ट्रमध्ये एक भएकाले अमेरिकाले स्वतः विश्वकपमा स्थान बनाएको हो । घरेलु मैदान र ठूलो समर्थक आधार यसको प्रमुख शक्ति हो ।

पछिल्ला वर्षमा युवा प्रतिभाको विकास र युरोपेली लिगमा खेल्ने खेलाडीहरूको उपस्थितिले टोलीलाई बलियो बनाएको छ । आक्रामक र तीव्र खेल शैली यसको विशेषता हो ।

पहिलो संस्करणको विश्वकपमै तेस्रो भएको अमेरिकाले त्यसयता भने त्यो स्तरसम्म पुग्न सकेको छैन । यसपटक पनि अमेरिकाको लक्ष्य समूह चरण पार गर्दै अगाडि बढ्ने हुनेछ ।

उत्कृष्ट नतिजा– तेस्रो स्थान (१९३०), अन्तिम सहभागिता– २०२२

पाराग्वे

दक्षिण अमेरिकी छनोटबाट कठिन प्रतिस्पर्धा पार गर्दै पाराग्वेले विश्वकपमा स्थान बनाएको हो । पाराग्वेले १६ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गर्दै छ ।

अनुशासित र रक्षात्मक रूपमा बलियो खेल यसको पहिचान हो । टोलीमा अनुभवी खेलाडीको उपस्थिति भए पनि आक्रमणमा स्थिरता खोजिरहेको देखिन्छ ।

यद्यपी कठिन समूहमा अंक लिन सक्ने क्षमता पाराग्वेसँग छ । सन् २०१० मा क्‍वाटरफाइनलसम्म पुगेको पाराग्वे सोही किसिमको नतिजाको खोजीमा हुनेछ ।

उत्कृष्ट नतिजा– क्वार्टरफाइनल (२०१०), अन्तिम सहभागिता– २०१०

अस्ट्रेलिया

ओसिनिया/एसियाली क्षेत्रको छनोट पार गर्दै अस्ट्रेलियाले लगातार विश्वकप यात्रा कायम राखेको हो । शारीरिक रूपमा बलियो र निरन्तर दबाब दिने खेल यसको मुख्य विशेषता हो ।

ठूलो प्रतियोगिताको अनुभवले टोलीलाई आत्मविश्वासी बनाएको छ । समूहमा अपसेट गर्न सक्ने क्षमता अस्ट्रेलियासँग सधैं रहने गर्छ ।

उत्कृष्ट नतिजा– अन्तिम १६ (२००६, २०२२), अन्तिम सहभागिता– २०२२

टर्की

युरोपेली छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै टर्कीले विश्वकपमा स्थान सुरक्षित गरेको हो । सन् १९५४ मा पहिलोपटक विश्वकप खेलेको टर्कीले त्यसपछि सिधै सन् २००२ मा खेलेको थियो ।

यो पनि पढ्नुहोस्

सुर्खेतमा क्यानको साधारणसभा हुने

एनपिएलको वित्तीय प्रतिवेदन स्वीकृति प्रदान गर्ने

२३ घण्टा अगाडि
चारदिने खो खो कोच प्रशिक्षण सम्पन्न

चारदिने खो खो कोच प्रशिक्षण सम्पन्न

१ दिन अगाडि

२००२ को विश्वकपमा तेस्रो भएको टर्कीले त्यसयता पहिलोपटक खेल्दैछ । समग्रमा टर्कीको तेस्रो विश्वकप भएपनि टर्की ‘अन्डरडग’ टिमका रूपमा रहन्छ ।

आक्रामक सोच, युवा ऊर्जा र भावनात्मक खेल यसको विशेषता हो । टोलीमा प्रतिभाशाली खेलाडीहरूको उपस्थिति छ, जसले कुनै पनि खेलको नतिजा बदल्न सक्छ ।

निरन्तरता कायम गर्न सके टर्की समूहको प्रमुख चुनौती बन्न सक्छ ।

उत्कृष्ट नतिजा– तेस्रो स्थान (२००२), अन्तिम सहभागिता– २००२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बागलुङ सांगीतिक साँझ २०२६ हुने

सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

कंगोमा इबोलाबाट ८० जनाको मृत्यु

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

राप्रपाको मुख्य सचिव पदमा खनाल मनोनित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक