काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा हानेको छ। जबरा र उनका नजिकका व्यक्तिहरूको घरमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको स्रोतले जनाइएको छ।
यसअघि प्रहरीले जबरालाई मध्यरातमा नियन्त्रणमा लिएर भाेलिपल्ट दिउँसाे परिवारकाे जिम्मा लगाएकाे थियो। प्रहरीले उनीमाथि थ्रेट भएकाले सुरक्षाका लागि लगिएको बताए पनि सरकारविरोधी गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ गरेको बुझिएको छ।


