काठमाडौं । सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो बारे बताएका हुन् ।
‘आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा बन्ड निष्कासन तथा वातावरण सम्बन्धी कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागु गरिनेछ ।’ राष्ट्रपति पौडेलले भने ।
त्यस्तै प्रभावित क्षेत्रका नागरिकलार्य मुआब्जाको सट्टा सेयर दिइने समेत नीति तथा कार्यक्रममा उल्लेख छ । ऊर्जामा आधारित उद्योग प्रवर्द्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गर्ने र अन्तरदेशीय ऊर्जा व्यापार सम्झौतालाई दीर्घकालीन लगानी आकर्षितको माध्यम बननाइनेछ नीति तथा कार्यक्रममा उल्लेख छ ।


