आइत, कार्तिक २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकाले रुसमाथि लगाइने शुल्क कार्यान्वयनमा ६० दिन रोक

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि लगाइने आर्थिक प्रतिबन्ध र शुल्क कार्यान्वयनमा ६० दिन रोक लगाएका छन्। विश्व अर्थतन्त्रमा त्यसको प्रभाव अध्ययन गर्न यस्तो निर्णय गरिएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जनाएका छन्।

तर, ट्रम्पको निर्णयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आर्थिक लाभ पुग्ने भन्दै अमेरिकी सांसद र युक्रेनले आलोचना गरेका छन्।

रुबियोका अनुसार इरानसँगको युद्ध र यमनका हुथी समूहका आक्रमणलगायतका द्वन्द्वले विश्व बजारमा तेल तथा डिजेलको मूल्य बढाएको छ। त्यसको असर समग्र अर्थतन्त्रमा परिरहेकाले रुसमाथिका प्रतिबन्ध र शुल्कले पार्ने प्रभाव विश्लेषण गर्न आवश्यक रहेको उनको धारणा छ।

अमेरिकी कङ्ग्रेसले गत महिना पारित गरेको कानुनले रुसी अधिकारी, धनाढ्य वर्ग र वित्तीय संस्थामाथि प्रतिबन्ध लगाउने तथा रुसी तेल र ग्यासका प्रमुख खरिदकर्तामाथि कारबाही गर्ने अधिकार राष्ट्रपतिलाई दिएको थियो। युक्रेनविरुद्धको युद्ध सञ्चालन गर्न रुसले आर्थिक स्रोत जुटाउन नसकोस् भन्ने उद्देश्यले उक्त व्यवस्था गरिएको थियो।

तर, कानुन कार्यान्वयनमा आउनुभन्दा दुई दिनअघि शुक्रबार ट्रम्पले कार्यकारी आदेश जारी गर्दै त्यसमा ६० दिनको छुट दिएका हुन्।

ट्रम्पको निर्णयप्रति आफ्नै दलका सांसदले समेत असन्तुष्टि जनाएका छन्। रिपब्लिकन सिनेटर थोम टिलिसले यसलाई गैरजिम्मेवार निर्णय भन्दै ऊर्जा मूल्य घटाउन पुटिनलाई सहयोग गर्नुभन्दा इरानसँग सम्बन्धित समस्या समाधान गर्नुपर्ने बताएका छन्।

अर्का रिपब्लिकन सिनेटर टेड क्रुजले पनि ट्रम्पको निर्णयलाई गल्ती भनेका छन्।

रुबियोले भने रुसी डिजेल विश्व बजारमा कुनै न कुनै माध्यमबाट पुग्ने भएकाले त्यसको आपूर्तिबाट अमेरिकाले समेत लाभ लिनु व्यावहारिक हुने तर्क गरेका छन्। सडक निर्माण, कृषि तथा निर्माण क्षेत्रमा डिजेल महत्वपूर्ण इन्धन हो।

इरानसँगको युद्धका कारण बढेको इन्धन मूल्य आगामी महिना हुने अमेरिकी मध्यावधि निर्वाचनअघि मतदाताको प्रमुख चिन्तामध्ये एक बनेको छ। त्यसैले इन्धनको मूल्य नियन्त्रण र रुसमाथिको दबाब कायम राख्ने नीतिबीच सन्तुलन मिलाउनुपर्ने चुनौती ट्रम्प प्रशासनमाथि छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने अमेरिकाले रुसमाथिका थप प्रतिबन्ध हटाउन सक्ने चिन्ता व्यक्त गरेका छन्। ट्रम्पको पछिल्लो निर्णयले युक्रेनविरुद्ध युद्ध गरिरहेका पुटिनलाई पुरस्कृत गरेको उनको टिप्पणी छ।

रुसमाथिको प्रतिबन्ध कार्यान्वयनमा दिइएको ६० दिने छुटले विश्व बजारमा इन्धनको आपूर्ति र मूल्यमा कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट हुन बाँकी छ। तर, यस निर्णयले युक्रेन युद्धका विषयमा अमेरिका र युक्रेनबीचको नीतिगत मतभेदलाई थप उजागर गरेको छ।

यो पनि पढ्नुहोस्

ग्यालेक्सी टिभीमा सहकारीबाट गएका रकमका विषयमा रविलाई जोड्न अनुचित : जीबी राई

ग्यालेक्सी टिभीमा सहकारीबाट गएका रकमका विषयमा रविलाई जोड्न अनुचित : जीबी राई

२ घण्टा अगाडि
म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुन: सञ्चालनमा

म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुन: सञ्चालनमा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सत्यको बाटोमा हिँड्न सबैलाई प्रेरणा मिलोस्

पत्रकार किशोर श्रेष्ठलाई साइबर व्युरोको कार्यालय लगियाे

अमेरिकाले रुसमाथि लगाइने शुल्क कार्यान्वयनमा ६० दिन रोक

आज दसैंको सातौं दिन फूलपाती

मूल्य बढाएका विराटनगरका व्यापारी कारबाहीमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक