संखुवासभा । संखुवासभाबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका-१ घर भई हाल धरान उपमहानगर पालिका–१७ बस्ने ३३ वर्षीय पंकज साह र संखुवासभाको पाँचखपन नगरपालिका-१ बस्ने २८ वर्षीय तिलक भन्ने आकाश राई रहेका छन् ।
प्रहरीका अनुसार साह बैंकिङ कसुर मुद्दा र राई जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी थिए । संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार साह धरानबाट र राई सुनसरीको इटहरीबाट पक्राउ परेका हुन् ।


