काठमाडौं । छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा बा प्र ०२–०३६ प ०९६६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कीर्तिपुर नगरपालिका–४ सल्यानटार बस्ने ३० वर्षीय विशाल धाँमीको मृत्यु भएको छ ।
यस्तै कास्कीको पोखरा महानगरपालिका–१६ पश्चिमाञ्चल क्याम्पस नजिक सडकमा ग १७ प ८१२ नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना हुँदा नुवाकोट घर भएका ३४ वर्षीय सुजन तामाङको मृत्यु भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका–१ गोल्चोकस्थित सडकमा बा ५८ प २०२८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–९ पाटनटोल बस्ने ७४ वर्षीय मिश्रीलाल खङको मृत्यु भएको प्रहरीले जनाएको छ ।


