काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन परिणाम आउने क्रम जारी छ ।
अहिलेसम्म एसोसिएटतर्फ कार्यसमिति सदस्यको नतिजा सार्वजनिक भएको छ । जसअनुसार सचिन ढकाल सर्वाधिक १ हजार ३ सय १८ मतसहित विजयी भएका छन् ।
हेमन्त गोल्छाले १ हजार २ सय २ मत ल्याए । त्यस्तै अम्बिकाप्रसाद पौडेलले १ हजार १ सय ८३, उज्ज्वलकुमार श्रेष्ठ १ हजार १ सय ४६, शक्तिकुमार बेगानी १ हजार १ सय ४२ र ऋषि अग्रवालले १ हजार १ सय २२ मत ल्याएर विजयी भए ।
यसैगरी राजेशकुमार अग्रवालले १ हजार ८२, सुयस प्याकुरेल १ हजार ६९, सुशील थापाले १ हजार ५४ मत पाए । त्यस्तै रामशरण भण्डारी १ हजार ४३, बाबुकाजी कार्की १ हजार ६, दिवश न्यौपाने ९ सय ९१, प्रियराज रेग्मी ९ सय ५४ र ईश्वरबहादुर जिसीले ९ सय ४५ मत ल्याएर विजयी भए ।
यस्तै सुरज उप्रेती ९ सय ७, कृष्णलाल महर्जन ८ सय ७४ र बटु लामिछाने ८ सय ६० मतसहित विजयी भए ।


