काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक, सुबिसु लिमिटेडले अत्याधुनिक वाइफाइ- ६ प्रविधिमा आधारित आफ्नो नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ।
यसका साथै, कम्पनीले नेपालमै पहिलो पटक इन्टरनेट सुरक्षालाई मुख्य सेवाको रूपमा समावेश गर्दै ‘Secure Internet – SUBISU सुरक्षा’ को नवीन अवधारणा ल्याएको छ। नेपालमा वाइफाइ-६ प्रविधि उपलब्ध भए तापनि, सुरक्षालाई विशेष प्राथमिकता दिँदै उच्चस्तरको सुरक्षित इन्टरनेट अनुभव प्रदान गर्ने सुबिसु नेपालको पहिलो संस्था बनेको छ। वाइफाइ -६ प्रविधिले उच्च गतिको इन्टरनेट अनुभव प्रदान गर्नुका साथै उत्कृष्ट वाइफाइ कभरेज र एकै समयमा धेरै डिभाइसहरूलाई सहज रूपमा कनेक्ट गर्ने क्षमता राख्छ ।
यसले लो-लेटेन्सी (Low Latency) सुनिश्चित गर्दै प्रयोगकर्तालाई निरन्तर र सहज अनलाइन अनुभव प्रदान गर्छ, साथै डिभाइसहरूको ब्याट्री बचत गर्न पनि मद्दत गर्दछ । यो एक विशेष सुरक्षात्मक तह हो, जसले इन्टरनेट प्रयोगकर्ताहरूलाई हानिकारक वेबसाइटहरू, साइबर जोखिम, र अनधिकृत पहुँचबाट सुरक्षित राख्छ । यसले व्यक्तिगत गोपनीयता र डेटा सुरक्षा सुनिश्चित गर्दै परिवार र व्यावसायिक प्रयोजनका लागि सुरक्षित ब्राउजिङको वातावरण निर्माण गर्छ । सुबिसु लिमिटेडका उपाध्यक्ष राम कृष्ण परियारले डिजिटल युगमा केवल तीव्र इन्टरनेट मात्र पर्याप्त नभएकाे जनाए ।
उनले ग्राहकलाई तिब्र गतिको मात्र नभई सुरक्षित इन्टरनेट अनुभव पनि प्रदान गर्ने लक्ष्य राखेका बताए। उनका अनुसार वाइफाइ-६ र सुरक्षित इन्टरनेट (Secure Internet) को संयोजनमार्फत सुबिसु मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको छ—जहाँ गति, स्थिरता र सुरक्षा एकैसाथ उपलब्ध हुनेछन्। कम्पनीले ग्राहककाे आवश्यकता र स्तरलाई ध्यानमा राख्दै तीन फरक प्याकेजमा सेवा उपलब्ध गराइएको जानकारी दिए । जसमा Smart WiFi 6,Pro WiFi 6, Elite WiFi 6 रहेका छन् । कम्पनीले याे पहललाई नवप्रवर्तन ग्राहक सुरक्षा र भविष्यमुखी डिजिटल सेवाहरूप्रति कम्पनीको प्रतिबद्ध भएकाे दाबी गरेकाे छ ।


