काठमाडौं । रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ भ्यू प्वाईन्ट नजिकै सडकमा नुवाकोटबाट बेलवासतर्फ आउँदै गरेको लु.३४ प ५७६६ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा स्कुटरमा सवार बुटवल उपमहानगरपालिका-११ कालिकानगर रामपथ बस्ने १८ वर्षीया पुर्णिमा उचाई मगर र कपिलवस्तु बाणगंगा नगरपालिका-९ भलवाड बस्ने १९ वर्षीया निसा कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१३ सिम्लेस्थित सडकमा बा.प्र.०१-००४ क ६५०६ नम्बरको टिपर र बा.३८ प २०१६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार ईन्द्रावती गाउँपालिका-१२ बस्ने ४० वर्षीय कुमार दनुवारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, जानकी गाउँपालिका-१ तोरैयापुरस्थित सडकमा बा.३२ प ८२६९ नम्बरको मोटरसाइकल र भे. ५ प ७६०७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा भे. ५ प ७६०७ नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका-४ कञ्चनपुर बस्ने ३७ वर्षीय राम बहादुर दर्लामी मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टीकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा.३२ प ८२६९ नम्बरको मोटरसाइकल चालकको मेडिकल कलेज कोहलपुर बांकेमा उपचार भइरहेको छ ।
भक्तपुर, सूर्यविनायक नगरपालिका-५ तीनधारे चोकस्थित सडकमा बा. ५३ प १०९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा चालक भक्तपुर चुनदेवी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भएका २२ वर्षीय रोनिश तामाङको मृत्यु दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


