कृष्णानगर । कपिलवस्तु प्रहरीले कृष्णनगर नजिकैको भारतीय सीमानाबाट १४ किलो चरेशसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलवार बेलुकी ६ बजे कृष्णनगरबाट भारत जादै गरेका चार जनालाई चेकजाँच गर्दा उनीहरूको साथबाट चरेश बरामद भएको बताइन्छ ।
विशेष सुराकीको आधारमा दिउँसोदेखि नै सीमा क्षेत्रमा सादा पोशाकका प्रहरी परिचालन गरेको थियो । पक्राउ परेकामा तीन महिला र एक पुरूष हुन् । उनीहरूले कम्मरमा पेटी बनाएर चरेश भारततर्फ लैजाँदै गरेका थिए । पक्राउ परेका चारैजना भरिया रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्ति हरू जिल्ला बाग्लुङ निसीखोला गा.पा. वडा नं.०६ बस्ने बर्ष ३४ को नकुल घर्ती मगर, जिल्ला बाग्लुङ निसीखोला गा.पा. वडा नं. ०९ बस्ने वर्ष ३७ कि दिल कुमारी घर्ती मगर, जिल्ला बाग्लुङ निसीखोला गा.पा. वडा नं. ०६ बस्ने वर्ष ३७ कि मनिषा घर्ती मगर ,जिल्ला रुकुम पूर्व भुमे गा.पा. वडा नं. ०१ बस्ने वर्ष ४० कि दिलकुमारी घर्ती रहेको प्रहरी नायब उपरिक्ष रिपेन्द्र कुमार सिंहले जानकारी दिए।


