काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत भेटिएका मध्ये ७ शवको पहिचान अझै खुल्न सकेको छैन । जेनजी आन्दोलनको क्रममा काठमाडौंमा मात्रै ४९ जनाको मृत्यु भएको थियो ।
ती मध्ये ७ वटा शवको अझै पहिचान हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी गराएकाे छ । ‘४२ शवको पहिचान गरी सम्बन्धीत परिवारलाई बुझाइए पनि ७ शवको पहिचान हुन सकेको छैन । हामी डीएनएको प्रक्रियामा छौं’ एसपी भट्टराईले भने । ती सात जलेको अवस्थामा कंकालको रुपमा मात्रै रहेकाले पहिचान हुन सकेको छैन ।


