नवलपुर । नवलपरासी (पूर्व)मा बेवारिसे अवस्थामा एकै ठाउँमा ९ वटा बम फेला परेका हुन्। जिल्लाको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा ९ वटा बम फेला परेका हुन्।
आइतवार दिउँसो बारीमा बम देखेपछि स्थानीयवासीले सुरुमा जनप्रतिनिधिलाई खबर गरेका थिए। जनप्रतिनिधिले स्थानीय प्रशासनलाई खबर गरेपछि बम भेटिएको ठाउँतर्फ प्रहरीको टोली परिचालन गरिएको छ। स्थानीयका अनुसार जंगल नजिककै बारीमा चौपाया चराउन गएका बालबालिकाले ‘अचम्मको वस्तु’ फेला परेको भन्दै अभिभावकलाई खबर गरेका थिए। सुरुमा एउटा वस्तु फेला परेकोमा खोतल्दै जाँदा अरु ९ वटा वस्तु भेटिएका थिए। NIMB जम्मा भएका स्थानीयले फेला परेको वस्तु बम भएको बताएपछि जनप्रतिनिधिलाई पनि बोलाइएको थियो।
भारतीय सेनाका पूर्व सैनिक रहेका स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार ती ८१ एमएममोटरको बम (गोला) हुन्। फेला परकोमध्ये एउटा बमले ५ हजार २०० मिटर रेन्ज काटी जमिनमा विस्फोट हुँदा १८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने सरामुले उल्लेख गरे। Laxmi Bank IME जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले प्रहरी निरीक्षक (इन्सपेक्टर)को कमाण्डमा प्रहरी टोली बम भेटिएको ठाउँतर्फ गइरहेको जानकारी दिएको छ। ती बम कसले र कहिले राखेको हो भन्नेबारे यकिन भएको छैन।


