दाङ । घोराही उपमहानगरपालिका-११ खैरास्थित सडकमा रा.१ ख १०६३ नम्बरको माईक्रो बसले रा.२ प ८८९८ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-११ बस्ने ६२ वर्षीय कृष्ण केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले माईक्रो बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


