काठमाडाैं । बरिष्ठ समाचार वाचिका कृष्णा ताम्राकार हिजो २०७९ साल चैत्र ९ गते विहिवारका दिन निधन समाचार वाचिका कृष्णा ताम्राकार हिजो २०७९ साल चैत्र ९ गते विहिवारका दिन निधन भएको छ । उनि निमोनियाबाट पीडित थिइन् ।
बि स. १९९५ साल कार्तिक २८ गतेका दिन काभ्रेको बनेपामा जन्मिनु भएकी ताम्रकार हिन्दी भाषाबाट प्रसारण हुने समाचारकी पहिलो समाचार वाचिकाको रुपमा बि स. २०१८ साल जेष्ठ २४ गते रेडियो नेपालमा प्रवेश गरेकी उनी नेपाल कै पहिलो महिला समाचार वाचिकाको रुप बि सं २०४९ साल सम्म कार्यरत उनले अन्य विविध कार्यक्रम समेत सञ्चालन गर्ने गरेकी थिइन ।
रेडियो नेपालबाट बिश्राम लिएकी उनी बि सं २०५४ सालमा पुनः गुड नाइट एफ एम को नेपाल भाषाको समाचारका लागि रेडियो कर्ममा फर्किएकी थिइन । रेडियोको एफ एम माध्यममा फर्किएकी उनले नेपाल भाषाको सामाचारका अलावा, आँखा दान तथा अटिजम सम्बन्धि सामाजिक चेतना मूलक कार्यक्रमहरु समेत सञ्चालन गर्ने गर्नु हुन्थ्यो ।
आम सञ्चार क्षेत्रमा लाग्ने हरेकका लागि उनी पाठशाला थिइन । उनको प्रस्तुती शैलीबाट मन्त्रमुग्ध नहुने सायदै कोहि होलान् । नेपाली रेडियो उद्योगले आज एक अभिभावक गुमाउनु पर्दा समग्र रेडियो क्षेत्र तथा एफ एम रेडियो सञ्चालकहरुको छाता संगठन रेडियो ब्रोडकास्टर्स फोरम नेपाल (आर बि एफ) नेपाल आज स्तब्ध भएको छ ।
दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनमा धैर्यधारणका कामना व्यक्त गरेकाे छ ।
जीवनको अन्तिम क्षण सम्म पनि सञ्चार क्षेत्रमै आवद्ध तामा्रकारकी तीन छोरीहरु हिमा, गोमा र गृष्मा मध्ये हाल कान्छि छोरी गृष्मा ताम्राकार पनि सञ्चार क्षेत्रमै आवद्ध रहन्दै आउनु भएको छ । दिवंगत ताम्राकारका आजै पशुपति क्षेत्र स्थित बिद्युतीय शवगृहमा माहिली छोरी गोमाले दागबत्ति दिएर अन्त्यष्टी गरिएको छ ।


