कपिलवस्तु । आसन्न निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ।
यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रतिनिधि सभा उम्मेदवार विरेन्द्र कुमार कनोडिया मतदाताको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ।
गाउँदेखि बजारसम्म उनको उम्मेदवारीबारे व्यापक चर्चा चलिरहेको छ। कनोडिया क्षेत्रका विभिन्न गाउँ–बस्तीमा निरन्तर , भेटघाट तथा जनसंवाद कार्यक्रम सञ्चालन गरिरहेका छन्।
स्थानीय मुद्दा र जनजीविकासँग जोडिएका सवाललाई प्राथमिकतामा राख्दै अघि बढेको उनको अभियानलाई मतदाताले सकारात्मक रूपमा लिएको समर्थकहरू बताउँछन्। विशेषगरी युवा, किसान, मजदुर तथा व्यापारी वर्गसँग प्रत्यक्ष संवाद गर्दै उनले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा–स्वास्थ्य सुधार र सडक पूर्वाधार विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। “राजनीति सेवा र जवाफदेहिताको माध्यम बन्नुपर्छ भन्ने हाम्रो मान्यता हो,” कनोडियाले एक कार्यक्रमका क्रममा बताएका छन्।
स्थानीय चोक, चिया पसल र सामुदायिक जमघटहरूमा समेत कनोडियाको सक्रियता र एजेन्डामाथि बहस हुने गरेको पाइन्छ। मतदाताहरूले सहज पहुँच, निरन्तर उपस्थिती र समस्या सुन्ने शैलीलाई उनको मुख्य सबल पक्षको रूपमा लिएका छन्। उनलाई विजयी वनाउन नेकपा एमालेको क्षेत्रीय कमिटीका अनुसार संगठन विस्तार, कार्यकर्ता परिचालन र मतदाता सम्पर्क अभियानलाई योजनाबद्ध रूपमा अघि बढाइएको छ।
उहाँ यस क्षेत्रबाट जितेर मंत्री समेत रहेका कनोडिया प्रदेशशभा सदस्यमा रहदां क्षेत्रमा करोडौं को योजना लाएका थिए। कनोडिया कुशल व्यापारीका साथ साथै यस क्षेत्रका समस्या नजिक बाट हेरिरहेको समर्थक हरू बताए।
यसले चुनावी प्रतिस्पर्धामा पार्टीलाई थप मजबुत बनाएको दाबी गरिएको छ। यद्यपि अन्य दलका उम्मेदवारहरू पनि चुनावी मैदानमा सक्रिय रहेकाले प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ। तर हालसम्मको जनचासो र अभियानको प्रभावका आधारमा पहिला पनि यस क्षेत्रबाट नेकपा एमाले विजयी भएको र अहिले पनि कनोडिया बलिया दाबेदारका रूपमा उभिएको विश्लेषकहरूको भनाइ छ।


