शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

धारणा न्यूज by धारणा न्यूज
१५ मिनेट अगाडि
0
पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र श्रम अधिकारको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

महासंघले मंसिर १३ देखि २० गतेसम्म विभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिनेदेखि देशव्यापी प्रदर्शनसम्मका कार्यक्रम सार्वजनिक गरेको हो ।

महासंघले पहिलो चरणको आन्दोलन देशव्यापी रूपमा सम्पन्न गरे पनि सरकारले माग सम्बोधनमा बेवास्ता गरेको भन्दै थप दबाब सिर्जना गर्न दोस्रो चरणको आन्दोलन घोषणा गरेको जनाएको छ ।

महासंघले संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई समेत आफ्ना मागप्रति प्रतिबद्ध गराउन आन्दोलनका कार्यक्रम अघि सारेको हो । घोषित कार्यक्रमअनुसार मंसिर १३ गते सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा एक घण्टा धर्ना दिइनेछ ।

‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : रास्वपाको सरकारले सुनेन, सत्ताधारी दलले सुनिदेऊ’ भन्ने नारासहित बिहान ११ देखि १२ बजेसम्म धर्ना दिन लागिएको महासंघले जनाएको छ ।

त्यसपछि मंसिर १४ गते नेपाली कांग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा धर्ना दिने कार्यक्रम छ ।

ती दलका कार्यालयमा ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : प्रमुख दल किन मौन ?’ भन्ने नारासहित धर्ना दिइनेछ । त्यस्तै, मंसिर २० गते काठमाडौंको माइतीघर र देशभरका जिल्ला सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गर्ने महासंघको कार्यक्रम छ ।

महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेशमार्फत प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजिएको र सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि कारबाही नभएको विषयलाई आन्दोलनको कारण जनाएको छ ।

त्यसैगरी गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराएको महासंघको धारणा छ ।

महासंघले कुनै पनि राजनीतिक दलले आफ्ना मागप्रति लिखित ऐक्यबद्धता जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गरे त्यस्तो दलको कार्यालयमा धर्ना नदिने जनाएको छ ।

दोस्रो चरणको आन्दोलनबाट पनि माग सम्बोधन नभए तेस्रो चरणका कार्यक्रम घोषणा गर्ने महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

वीर अस्पतालले थप शैय्या र सुविधासहित विशिष्ट कक्ष सञ्चालन

वीरको दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्दै

१० मिनेट अगाडि
अमेरिकामा भीषण आँधी आएपछि जनजीवन प्रभावित

अमेरिकामा भीषण आँधी आएपछि जनजीवन प्रभावित

२८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

पूर्व मुख्यसचिव पक्राउ

आनी नियुक्तको सूचना दिन आनाकानी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक