काठमाडौं । चन्द्रागिरी नगरपालिका-११ फ्रुटी कारखानास्थित सडकमा रोकी रहेको ना.७ ख ५७१२ नम्बरको ट्रकमा प्रदेश नं.३-०२-०१० प.३२१७ नम्बरको स्कुटर ठोक्किएर गएराति दुर्घटना हुँदा स्कुटर चालक बाग्लुङ जैनिनी नगरपालिका-६ घर भएका २३ वर्षीय किरण केसीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुर, ललितपुर महानगरपालिका-५ महालक्ष्मीस्थानमा ना.१ क ९९८१ नम्बरको टिपरको ठक्करबाट सोही महानगरपालिका-२० पुर्णचण्डि बस्ने रामेछाप घर भएका ६१ वर्षीय मान बहादुर थापामगरको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


