काठमाडौं । अबदेखि अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी १/बी २ भिसामा नयाँ ‘भिसा बन्ड’ मा नयाँ नियम लागू गरेकाे छ ।
अधिकारीहरूले भिसा बन्ड तिरेको आधारमा भिसा स्वीकृत हुन्छ भन्ने ग्यारेन्टी नहुने स्पष्ट गरेका छन् । कन्सुलर अधिकृतको निर्देशनबिना शुल्क तिरेको अवस्थामा उक्त रकम फिर्ता नहुने पनि उल्लेख गरिएको छ ।


