बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अदालत

तीस वर्षे प्रहरी सेवा अवधि विरुद्ध परेको रिटमा सर्वोच्चद्धारा दरपिठ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अपग्रेड सिस्टम नहटाउन सर्वोच्चको आदेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । तीस वर्षे प्रहरी सेवा अवधि विरुद्ध परेको रिट दरपिठ भएको छ ।  सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपिठ गरिदिएका छन । नेपालको संविधान २०७२ को धारा १३३ (१) (२) बमोजिम बिपक्षीहरुका नाममा उत्पे्रषणयूक्त परमादेश आदेशको माग गर्दै पत्रकार राधाकृष्ण कटुवाल, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा.कृष्णकुमार तामाङ तथा अधिवक्ताद्य आशिष लुइटेल र सुशिला रोकायाले चैत २ गते रिट दायर गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल सरकार गृह मन्त्रालय सिंहदरवार, सम्माननीय सभामुख प्रतिनिधी सभा, सम्माननीय अध्यक्ष राष्ट्रिय सभा, नेपाल प्रहरी प्रधान कार्यालय नक्साललाई विपक्षी बनाएको उक्त रिटमा दक्ष तालिम प्राप्त प्रहरीलाई अवकास दिई नयाँलाई भर्ति गराई राज्यलाई ठुलो आर्थिक भार मात्र बढाउने काम भएको र देशमा शान्ति सुरक्षाको जिम्मेवार बोकेको संस्थालाई राजनीतिक दल नेतृत्वको सरकारले आफुअनुकुता व्यक्ति नेतृत्वमा ल्याउन बारम्बार प्रहरी ऐनलाई संशोधन गर्दै प्रहरीको मनोवल गिराउने कार्य हुदै आएकोले ३० वर्षे सेवा अवधि हटाई राष्ट्रिय अनुशन्धान विभाग र नेपाल आर्मीको जस्तै पदावधीको व्यवस्था बनाईनु पर्ने माग गरिएको छ ।

राज्यकै निकायका अन्य सुरक्षा संगठन नेपाली सेनामा सैनिक ऐन २०६३ बमोजिम प्रधान सेनापतिको सेवाको उमेर हद ६१ बर्ष तोकिएको पाइन्छ भने ३० बर्षे सेवा अवधि कायम छैन, त्यस्तै सरकारको अर्को सुरक्षा निकाय राष्ट्रिय अनुशन्धान विभागमा पनि ३० बर्षे सेवा अवधि हटाई सकिएको तर नेपाल प्रहरीमा भने ४८ बर्षदेखि ५५ बर्षमै ३० बर्षे सेवा अवधि पुगेपछि स्वतः सेवाबाट अवकाश हुने प्रावधान रहेको छ । ३० वर्षे सेवा अवधिका कारण अनुभवी, दक्ष र परिपक्व भएको प्रहरी कर्मचारी अनिवार्य अवकास हुने र नयाँ एउटा प्रहरी उत्पादन गर्दा राज्यको प्रति व्यक्ति १० लाख भन्दा बढि लगानीसँगै नयाँ व्यक्तिबाट तत्कालै राज्यले परिपक्व सेवा पाउन नसक्ने हुदा दोहोरो मारमा राज्य रहेकोले ३० बर्षे सेवा अवधि अपरिपक्व, अव्यवहारिक, अवैज्ञानिक भएकोले खारेजी माग गरिएको छ ।

त्यसैगरी प्रहरी सेवा अवधिको साविकलाई बढाएर ३२ वर्ष भएकोमा २०४८ सालमा तत्कालिन गृहमन्त्री शेर बहादुर देउवाले आफुअनुकुल मान्छे ल्याउन राजनैतिक चलखेल गरी प्रहरी नियमावली संशोधन गरी ३० वर्षे प्रावधान लगाएर तत्कालिन प्रहरी महानिरीक्षक रत्न शम्सेर राणालाई अवकास दिई मोतीलाल बोहरालाई प्रहरी महानिरीक्षक वनाएका थिए भने मोतीलाल बोहराकै कार्यकालमा पूनः सेवा अवधी ३२ बर्ष वनाइयो र यो प्रावधान २०६३ सालसम्म कायम रही जनआन्दोलनपछि बनेको अन्तरिम सरकारका तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले मन्त्रिपरिषबाट पूनः प्रहरी नियमावली संशोधन गरेर ३० वर्षे प्रावधान लागु गरिएको हो । २०६५ सालमा तत्कालिन उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले पूनः ३२ वर्ष बनाए । सरकार परिवर्तनसगै पूनः २०६६ पुस १ गतेबाट ३० वर्षे प्रावधान कायम गरिएको छ । राजनीति नेतृत्वको स्वार्थ अनुकुलता कहिले ३० वर्ष अवधी त कहिले ३२ वर्ष अवधी बनाएर राज्यलाई आर्थिक भार बोकाउदै २ दिनको लागि प्रहरी अतिरिक्त महानिरीक्षक, १३ दिनको लागि प्रहरी महानिरीक्षक, २३ दिनको लागि प्रहरी महानिरीक्षक बनाई राज्यलाई भिआईपीको सेवा सुविधाको बोझमात्रै बोकाएकोले सेवा सुविधा लिन मात्रै बढुवा गर्ने कार्यको अन्त्यका लागि पनि ३० वर्षे सेवा अवधि हटाउनको विकल्प नरहेको रिटमा उल्लेख गरिएको छ  ।

त्यसैगरी अन्तराष्ट्रिय प्रहरी संगठनका दलिल पनि पेश गर्दै जापान, दक्षिण कोरिया, फ्रान्स लगायतका देशहरुमा प्रहरी कर्मचारीहरुको अवकाश हुने उमेर हद ६० बर्ष, अफ्रिकन मुलुकहरुमा ६०, अमेरिकामा ६५, अष्ट्रेलिया, लिविया, लग्जम्वर्ग, पोल्याण्ड, युनाइटेड इमिरेटस (UAE) ब्राजिल, चिली, बेल्जियम, अर्जेन्टिना, क्रोयसियालगायतका देशमा उमेर हद ६५ बर्ष रहेको पाइन्छ । क्यानडामा सन् २००९ सम्म प्रहरी कर्मचारीको उमेर हद ६० बर्ष रहेकोमा सन् २००९ पछि हाल सम्म ६५ बर्ष कायम गरिएको छ भने बेलायत र ग्रिसले सन् २०१६ देखि उमेर हद ६० बर्षलाई बढाएर ६५ बर्ष कायम गरेको छ । त्यसै गरी आइसलेण्ड, जर्मनी र इजरायलमा ६५ बर्ष रहेको छ भने फिनल्याण्डमा ६५ बर्ष देखि ६८ बर्षसम्म र नेदरल्याण्डमा प्रहरी कर्मचारीको उमेर हदका कारण अवकाश हुने ७८ बर्ष उमेर रहेको तर नेपाल प्रहरी संगठनको अन्तराष्ट्रिय अभ्यास र मान्यतालाई हेर्दा समेत नेपालमा हाल कायम रहेको ३० बर्षे सेवा अवधि अवैज्ञानिक, अव्यवहारिक र असान्दर्भिक देखिन्छ, तसर्थ पनि ३० बर्षे सेवा अवधिलाई हटाएर सबै तहका प्रहरी कर्मचारीको अवकाश हुने उमेर हद ६० बर्ष कायम राख्नु उपयूक्त हुने हुँदा सो सम्बन्धी उपयूक्त आदेशको माग गरिएको छ ।

हाल प्रहरी कर्मचारीले सेवाबाट स्वतःअवकाश पाउने आधारहरु मध्ये उमेरको आधारमा– प्रहरी महानिरीक्षको ५८ बर्ष, प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी नायव महानिरीक्षको ५६ बर्ष, वरिष्ठ प्रहरी उपरीक्षक र प्रहरी उपरीक्षकले ५५ बर्ष, प्रहरी नायब उपरीक्षकको ५२ वर्ष, प्रहरी सहायक निरीक्षकको ५१ बर्ष, प्रहरी हवल्दार र प्रहरी जवानको ४८ बर्ष र प्रहरी कार्यालय सहयोगीकोे ५५ बर्षमा सरकारी सेवाबाट स्वतः अवकाश पाउँने कानूनी प्राबधान रहेको छ ।

 

यो पनि पढ्नुहोस्

यस्ताे छ नवनियुक्त गृहमन्त्रीकाे निर्णय

फेवातालको जग्गामा ठगिएकाे भन्दै अदालत जादै गृहमन्त्री

१ हप्ता अगाडि

शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गराउन आदेश

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक