शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अब संसद् पुनस्र्थापना वा चुनाव दुवै समस्या समाधान होइनन् !

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

जेनजी आन्दोलनयता देशको शासनव्यवस्थामा महत्व राख्ने तीन विषय चर्चामा छन् । पहिलो, धेरैजसो जेनजी अगुवा प्रत्यक्ष कार्यकारीको व्यवस्था हुनुपर्ने पक्षमा छन् । दोस्रो, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार चुनाव गराउने तयारीमा छ । तेस्रो, एमाले र कांग्रेसका केही तत्कालीन सांसद संसद् पुनस्र्थापनाको पक्षमा छन् । राजनीतिक दलहरूबीच संसद् पुनस्र्थापनाको बहस तातेको छ । कांग्रेसका सांसदहरूले हस्ताक्षर अभियान चलाएर यो पक्षमा दबाब दिइरहेका छन् । अब प्रश्न उठ्छ, संसद् पुनस्र्थापना वा तत्काल चुनाव दुवैले समस्या समाधान गर्छन् त ? होइन, समस्या समाधान भनेको राजनीतिक स्थायित्व र सुशासन हो । त्यसैले सहमतिबाट प्रत्यक्ष कार्यकारीको निर्वाचनमा जानु नै तत्कालको विकल्प हो ।

नेपालको वर्तमान संसदीय प्रणालीले राजनीतिक अस्थिरता र भ्रष्टाचारको जरालाई संस्थागत बनाएको छ । २०४७ सालदेखि अपनाइएको यो प्रणालीमा प्रधानमन्त्रीको चयन पार्टीभित्रको गुटबन्दी र सांसदको मोलतोलबाट हुँदै हुन्छ, जसले सरकारको औसत आयु एक वर्षभन्दा कम बनाएको छ । २०७४ यता मात्र पाँच प्रधानमन्त्री फेरिए, जसले नीति निरन्तरता र विकासलाई अवरुद्ध पारेको छ । यो प्रणालीले भ्रष्टाचारलाई पनि संस्थागत गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको २०२४ रिपोर्टअनुसार नेपालको भ्रष्टाचार सूचकांक ३५÷१०० छ, जुन दक्षिण एसियामै कमजोरमध्ये पर्छ । ठूला आयोजनामा अर्बौं अनियमितता, मन्त्रीहरूको सम्पत्ति वृद्धि र अख्तियारको कमजोर कारबाहीले बेथिति मौलाएको प्रमाणित गर्छ । सांसदहरूको ध्यान विकास होइन, मन्त्रालय कब्जामा हुन्छ, यसले सुशासनको आधार नै कमजोर बनाएको छ । जेनजी आन्दोलनले यो प्रणालीलाई ‘अस्थिरताको कारखाना’ भनेर अस्वीकार गरेको छ । युवाहरूले प्रत्यक्ष कार्यकारी निर्वाचनको माग गरेका छन्, जसले जनतासँग प्रत्यक्ष जवाफदेहिता कायम गर्छ । जबसम्म यो प्रणाली कायम छ, अस्थिरता र भ्रष्टाचारको चक्र तोडिँदैन । संविधान संशोधन नै एकमात्र विकल्प हो ।

भ्रष्टाचारको यही जालोविरुद्ध नै गत भदौमा जेनजीले आन्दोलन गरेका थिए, जसमा दर्जनौं युवाले बलिदानी दिएका छन् । त्यही बलिदानीकै बलमा देशमा अहिले सत्ता परिवर्तन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार ढलेर अहिले सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । कार्की प्रधानमन्त्री बन्ने बेलामा नै ६ महिनाभित्र चुनाव गर्ने भनेर तोकिएको थियो । साथै संसद् विघटन पनि गरिएको थियो । तर, के त्यत्रा जेनजीको बलिदानी देशमा मध्यावधि चुनाव गराउनु मात्र हो र ? त्यो त तत्कालीन ओली नेतृत्वको सरकारले पनि गर्न सक्थ्यो नि ? त्यही कारण कार्की नेतृत्वको सरकारलाई चुनाव गराउने जिम्मा जेनजी युवाले दिएका होइनन् । बरु प्रत्यक्ष कार्यकारीको व्यवस्था गरेर जनताले प्रत्यक्ष चुनेर आफ्नो नेतृत्व छान्ने व्यवस्था गर्न कार्कीलाई जिम्मेवारी दिइएको हो । यदि सरकारले चुनावलाई मात्र ध्यान दिने हो भने पुनः पुरानै दल र तिनै नेता चुनावमा आउने र निर्वाचित भएर फेरि संसद्मा जाने अवस्था आउन सक्छ । यदि त्यस्तो अवस्था आयो भने गत भदौमा भएको जेनजी आन्दोलनको मर्म र उद्देश्य नै मर्न जान्छ । सहादत प्राप्त गरेका जेनजी युवाको बलिदानी पनि खेर जान्छ । यसलाई कार्की नेतृत्वको सरकारले मनन गर्न जरुरी छ ।

अर्कोतर्फ, नेपालमा प्रत्यक्ष कार्यकारी निर्वाचित प्रणालीको आवश्यकता अब अपरिहार्य बनेको छ । वर्तमान संसदीय प्रणालीले बारम्बार सरकार परिवर्तन, दलहरूबीचको दाउपेच र अस्थिरता निम्त्याएको छ । जेनजी आन्दोलनले यो कमजोरीलाई उजागर गर्दै भ्रष्टाचार, बेरोजगारी र असमानताविरुद्ध प्रत्यक्ष जनमतको माग गरेको छ । युवाले राजनीतिक प्रतिनिधित्वको अभाव महसुस गरेको छ, जसलाई प्रत्यक्ष निर्वाचनले मात्र सम्बोधन गर्न सक्छ ।

यो प्रणालीले पाँच वर्षको स्थिर सरकार, जनतासँग प्रत्यक्ष जवाफदेहिता र सुशासन सुनिश्चित गर्छ । जेनजीको मागमा राजनीतिक दलहरूले सहमति जनाउनु अनिवार्य छ किनकि आन्दोलनले पुरानो संरचनालाई अस्वीकार गरिसकेको छ । नेपाली कांग्रेस, एमाले, नवगठित नेकपा, रास्वपा लगायत दलहरूले राष्ट्रिय सहमति गठन गरी संविधान संशोधन अघि बढाउनुपर्छ । युवा नेताहरूलाई संवादमा समेटेर प्रत्यक्ष निर्वाचनको मोडल तयार गर्न सकिन्छ । सहमतिबाटै यो परिवर्तनले नेपाललाई स्थायित्व र समावेशी लोकतन्त्रको नयाँ अध्यायमा पु¥याउनेछ । अब प्रत्यक्ष कार्यकारीको व्यवस्था गरेर जनताबाट प्रत्यक्ष नेतृत्व छान्ने र त्यसअनुसार मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था गर्नुपर्छ । सांसदलाई भने कानुन निर्माणको जिम्मा दिने, मन्त्रीको प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था गर्नुपर्छ । मन्त्रीका लागि तत्तत् क्षेत्रका विज्ञलाई जिम्मेवारी दिनु आवश्यक छ । जसरी अहिले स्थानीय तहमा जनताले आफ्नो नेतृत्व छानेका छन्, त्यही व्यवस्था केन्द्रमा पनि हुनु आवश्यक छ ।  जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

१ घण्टा अगाडि
देशभर तापक्रम बढ्दै

तराईका जिल्लामा अत्यधिक गर्मी हुने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

पश्चातापमा एमाले पार्टीका नेताहरु !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक