मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चाडपर्वको अवसरमा सावधानी अपनाउन आग्रह

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
चाडपर्वको अवसरमा सावधानी अपनाउन आग्रह

काठमाडौँ उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की आइतबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलद्वारा आयोजित चाडपर्व लक्षित सुरक्षा सचेतना कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै । तस्बिरः विमलबहादुर बिष्ट/रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वको अवसरमा सावधानी अपनाउन आग्रह गरेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं उपत्यका प्रहरी कार्यालयको संयुक्त आयोजनामा आज आयोजित ‘ट्राफिक वाक’ तथा सुरक्षा सचेतना कार्यक्रममा उनले चाडपर्वको उमङ्ग र उत्सवको नाममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने परिपाटीका कारण धेरैले अकालमा ज्यान गुमाइरहेकोप्रति गहिरो चिन्ता व्यक्त गरे ।

उनले भने, ‘चाडपर्व सुरु हुने बित्तिकै मादक पदार्थ सेवन गर्ने प्रवृत्ति सामान्यजस्तै बनेको छ । तर, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना भई अकाल मृत्यु हुने क्रम बढ्दो छ, जुन अत्यन्त चिन्ताजनक अवस्था हो । मनोरञ्जनको पर्याबाचीको रूपमा मादक पदार्थलाई लिनु कदापि उचित होइन ।’

एआइजी कार्कीले सबै सवारी चालक, यात्रु र सर्वसाधारणलाई चाडपर्वको अवसरमा सावधानी अपनाउन, ट्राफिक नियमको पालना गर्न र सुरक्षामा खटिने ट्राफिक प्रहरीलाई सहयोग गर्न अपिल गरे । उनले भने, ‘सडकमा ट्राफिक प्रहरी तपाईँहरूलाई दुःख दिन होइन, सुरक्षा दिन खटिएका हुन्छन् । नागरिकको कर्तव्य नियम पालना गर्नु र नेपाल प्रहरी, ट्राफिक प्रहरीलाई सहयोग गर्नु हो ।’

उनले आफूले गर्ने व्यवहार र सिकोबाट आगामी पुस्तामा सकारात्मक प्रभाव पर्न सक्ने भएकाले प्रत्येक नागरिकले ट्राफिक सुरक्षालाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले चाडपर्वका बेला मादक पदार्थ तथा लागूऔषध सेवनका कारण हुने दुर्घटनाहरूका बारेमा चर्चा गर्दे यस्ता घटनाबाट नागरिकको ज्यान जोखिममा पर्ने बताए ।

उनले भने, ‘हामी नागरिकको ज्यान र सुरक्षाका लागि खटिएका हौँ । कृपया चाडपर्वमा मादक पदार्थ सेवन गरेर गाडी नचलाउनुहोस्, ताकि कसैको ज्यान जान नपरोस्, कसैको घरमा चाडपर्वको खुसी शोकमा नबदलियोस् ।’

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक ओमबहादुर राना र ट्राफिक सचेतना अभियन्ता डा ओममूर्ति अनिलले पनि चाडपर्वमा सुरक्षित र जिम्मेवार भई सवारी सञ्चालनको पक्षमा जोड दिए ।

ट्राफिक प्रहरी, जनपद प्रहरी, महानगर प्रहरीको टोलीले ‘सडक सुरक्षा हाम्रो जिम्मेवारी’, ‘मदिरा सेवनपछि सवारी नगर्नुहोस्’, ‘ट्राफिक नियमको पालना गरौँ’ जस्ता जनचेतनामूलक सन्देश बोकेका प्लेकार्डसहित सडकमा ट्राफिक वाक गरेका थिए ।

सचेतनात्मक ट्राफिक र्‍याली रानीपोखरी परिसरबाट सुरु भई विभिन्न भाग परिक्रमा गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (रामशाहपथ) परिसरमा पुगेर समापन गरिएको थियो ।

यो पनि पढ्नुहोस्

Cyber Bureau alerts regarding hackers’ unauthorized air ticket sales

पटका पट्काउँदा घाइते

१ दिन अगाडि
एआईजी मनोज केसी आईजीपी बने

एआईजी मनोज केसी आईजीपी बने

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेकपा एमाले संसदीय दलको बैठक शुरू

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक