काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा कायमै राखेको छ। भदौ २६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा कायम गरिएको सेनाले जनाएको छ। त्यसैगरी भदौ २६ गते बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु कायमै रहेको सेनाले विज्ञप्तिमार्फत जनाएको छ।
सेनाले अत्यावश्यक कार्यका लागि भने २६ गते बिहान ६ बजेदेखि बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न पाइने समय तोकिएको जानकारी दिएको छ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायतका कर्मचारीले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्ने पनि सेनाले विज्ञप्तिमा जानकारी दिएका छन्।




