बिहि, जेष्ठ ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home दुर्घटना

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-२ नारायणी पुलमा ना.१ क ५१९९ नम्बरको ट्रकले ना. ४३ प ८७ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने रौतहट चन्द्रनिगाहापुर नगरपालिका-२ घर भएका २३ वर्षीय मुनाल दाहालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, विराटनगर महानगरपालिका-१४ आईसिपि रोडस्थित सडकमा विराटनगरबाट नयाँ भन्सारतर्फ जाँदै गरेको साइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक जहदा गाउँपालिका-३ बस्ने ४१ वर्षीय रूपेश कुमार राजवंशीको मृत्यु भएको    छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी मोरङ, बेलबारी नगरपालिका-१ सिसौली चोकस्थित सडकमा प्र.१-०२-००४ ह १०२२ नम्बरको सिटी सफारीको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीय टिकामाया श्रेष्ठको मृत्यु भएको छ । सिटी सफारीले शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको हो । सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, गढवा गाउँपालिका-३ धैरेनीस्थित रा. १ ह ५९२३ नम्बरको अटोलाई हाल नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा अटोमा सवार सोही ठाउँ बस्ने ५५ बल बहादुर थापाको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सिसहनिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य २ जनालाई थप उपचारक लागि लुम्बिनी सिटी अस्पताल बुटवल पठाइएको छ । हाल फरार ट्याक्टर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बारा, कलैया उपमहानगरपालिका-२३ सिसहनिया चोकस्थित सडकमा ना.१ ज १९४१ नम्बरको टाटा सुमोले बा. ५९ प ४०५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-२३ बैराटपुर बस्ने ३४ वर्षीय उपेन्द्र राउत कुर्मीको गए राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सुमो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-२० स्थित सडकमा बा.३ ख ९५२९ नम्बरको हाइस र लु. ९२ प ५४२५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा स्कुटरमा सवार मकवानपुर हेटौंडा उपमहानगरपालिका-१८ हर्ना माडी बस्ने २९ वर्षीय सरोज मुक्तानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार हाइस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

२ दिन अगाडि
यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिनको अनुमति

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प

कच्चा तेलको भाउ घट्याे

सबै प्रकारको कर छुटको माग गर्दै प्रदर्शन

पुटिन र ट्रम्पबीच भेटवार्ता हुन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक