काठमाडौं । इलाम, इलाम नगरपालिका-११ आलेस्थित सडकमा बिर्तामोडबाट मंगलबारेतर्फ जाँदै गरेको प्र १-०१-००१ च ९७७८ नम्बरको पिकअप अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा पिकअपमा सवार देउमाई नगरपालिका-९ नवमी बजार बस्ने झापा घर भएका ३८ वर्षीय बिष्णु पराजुलीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका पिकअप चालक समेत २ जनाको बिएण्डसि अस्पताल बिर्तामोड झापामा उपचार भइरहेको छ ।
मोरङ, ग्रामथान गाउँपालिका-५ तेतरीयास्थित सडकमा विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको को.३३ प ६८१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-४ बस्ने २२ वर्षीय सुरज सरदारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


