काठमाडौं । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को जारी केन्द्रीय समिति बैठकबाट नेताहरूको कार्य विभाजन हुने भएको छ । जेठ ३१ गतेदेखि गौशालामा सुरु भएको बैठकमा नेताहरूको कार्य विभाजन, राजनीतिक समिति गठन, संघीय परिषद् गठन लगायत एजेन्डाहरू पेस भएको नयाँ शक्तिकी उपाध्यक्ष मानुषी यमि भट्टराईले जानकारी दिइन् ।
यस्ताे छ एजेन्डाहरू
– कार्य विभाजन
– प्रशंसा अभियान(प्रशिक्षण, सङ्गठन र सामाजिक अभियान)
– संगठनात्मक अभियान
– पार्टी सदस्यता वितरण (अनलाइनसहित)
– स्थानीय तह र प्रदेशस्तरीय भेला, प्रशिक्षण, अधिवेशन
– जवस मोर्चाको बैठक, भेला, प्रशिक्षण, अधिवेशन
– विभागीय कामको योजना निर्माण र कार्यान्वयन
– पार्टीका एजेन्डाहरूबारे अभियान
– भ्रष्टाचारविरुद्ध सबै तहमा सङ्घर्ष गर्ने
– प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा व्यापक जनपरिचालन गर्ने
– राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्नका लागि जनदबाबमूलक अभियान सञ्चालन गर्ने
– पहिचान सहितको संघीयता संस्थागत गर्न जनपरिचालन अभियान सञ्चालन गर्ने
– बैंक, वित्त, रोजगार, वैदेशिक रोजगार, सहकारी, शिक्षा, तथा स्वास्थ्य क्षेत्रका समस्याहरूबारे सङ्घर्ष सञ्चालन गर्ने
– मजदुर, किसान, महिला, दलित लगायत जनवर्गहरूको समस्याहरूबारे सङ्घर्ष सञ्चालन गर्ने
– स्थानीय स्तरका मुद्दाहरू स्थानीय तहले पहिचान गरी अभियान सञ्चालन गर्ने
– जनसम्बन्ध विस्तार तथा निर्वाचन तयारी
– उद्यमशीलता, उत्पादन तथा स्वरोजगार अभियान
– प्रशिक्षण तथा प्रचार प्रसार
– आर्थिक
– राजनीतिक संवाद र संयुक्त मोर्चाबारे
– विविध
– समसामयिक राजनीतिक प्रस्ताव


