बनियानी । झापाका केही स्थानमा लगाइएको मकै बालीमा अमेरिकी फौजी कीरा देखिएको छ ।
झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकी फौजी कीरा देखिएको हो ।
केही ठाउँमा अमेरिकी फौजी कीरा देखिएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले जानकारी दिए ।
“ठूलो क्षति गर्ने गरी प्रकोपका रूपमा देखिएको छैन”, उनले भने ।
फौजी कीरा देखिएको ठाउँमा आवश्यक औषधोपचार गरिएको उनले बताए।


