बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नइम अबु नाहल इजरायली आक्रमणमा मारिए

धारणा न्यूज by धारणा न्यूज
११ घण्टा अगाडि
Reading Time: 1 min read
0
नइम अबु नाहल इजरायली आक्रमणमा मारिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गाजामा रहेको हमासको आन्तरिक सुरक्षा एजेन्सीका प्रमुख नइम अबु नाहल इजरायली आक्रमणमा मारिएका छन्।

गाजामा हमासद्वारा सञ्चालित गृह मन्त्रालयका अनुसार गाजा शहरको पश्चिमी भागमा गरिएको हवाई आक्रमणमा नइम अबु नहललाई लक्षित गरिएको थियो।

५० वर्षीय नइम अबु नहललाई यस वर्षको सेप्टेम्बरमा उक्त पदमा नियुक्त गरिएको थियो।

उनका पूर्ववर्तीलाई इजरायली सेनाको विशेष बलको अपरेशनको क्रममा पक्राउ गरिएको थियो र नाहललाई यो जिम्मेवारी दिइएको थियो।

अर्कोतर्फ, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले पनि सैन्य कारबाहीमा नइम अबु नाहल मारिएको घोषणा गरेका छन् ।

यसअघि, प्यालेस्टिनी सहायताकर्मी र चिकित्सा अधिकारीहरूले मंगलबार गाजामा भएका दुई अन्य इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु भएको बताएका थिए ।

अधिकारीहरूका अनुसार गाजा शहरको दक्षिणमा रहेको वादी गाजा क्षेत्रमा भएको आक्रमणमा एक युवकसहित तीन जनाको मृत्यु भएको छ ।

यसैबीच, खान युनिसको पश्चिममा रहेको अल-मवासी क्षेत्रमा रहेको प्रहरी चौकीमा भएको दोस्रो आक्रमणमा दुई प्रहरीसहित तीन जनाको मृत्यु भएको छ।

गृह मन्त्रालय अन्तर्गत कार्यरत गाजा प्रहरीले दोस्रो आक्रमणको निन्दा गर्दै यो क्षेत्रमा अराजकता फैलाउने उद्देश्यले प्रहरी संस्थाहरूलाई लक्षित गर्ने चलिरहेको अभियानको एक हिस्सा भएको बताएको छ ।

इजरायली सेनाले उक्त क्षेत्रमा आतंकवादीहरूलाई लक्षित गरेको बताएको छ ।

-बीबीसी

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

५ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक