शुक्र, मंसिर ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ६ र ७ गते हुने प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्दै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो ।

सञ्चारमन्त्री विक्रम तिमल्सिनाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्राप्त हुने २० लाख अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी गराए ।

त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्‍यापिड क्रेडिट फेसिलिटीअन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सरकारले नेपालभर नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३०, ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड २०८३ तथा राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ पनि स्वीकृत गरेको छ ।

संसद् अधिवेशन कहिले बोलाउने भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता तिमल्सिनाले आजको मन्त्रिपरिषद् बैठकले यसबारे कुनै निर्णय नगरेको जनाए । त्यस्तै, अध्यादेश ल्याउने विषयमा पनि बैठकबाट कुनै निर्णय नभएको उनले स्पष्ट पारे ।

प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डाबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको जानकारी दिँदै उनले दुई देशबीचको सम्बन्ध सुधार र राष्ट्रहितका विषयमा महत्त्वपूर्ण छलफल हुने अपेक्षा गरिएको जनाए ।

यो पनि पढ्नुहोस्

भोटेकोशी भेलबाढीको स्रोत बुझ्न विश्वभरका वैज्ञानिक जुटे

भोटेकोशी बाढीपीडितलाई नगद राहत

१ घण्टा अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रास्वपा, कांग्रेस र एमालेका सभापतिहरुबीच पहिलोपटक सँगै छलफलमा जुट्दै

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक