काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद बैठक बस्दै छ ।
बैठक आज बिहान ११ बजे बस्न लागेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे छलफल हुने एक मन्त्रीले जानकारी गराए
। प्रधानमन्त्री बालेनले यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्ने तयारीमा छन् । सो तयारीबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले पनि आज प्रेस बिफ्रिङ गर्दैछ ।


