बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

धारणा न्यूज by धारणा न्यूज
१७ मिनेट अगाडि
0
नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै छ। समाजका महासचिव शिवकुमार बाँस्कोटाले आज मंसिर ३ देखि ५ गतेसम्म सम्मेलनको आयोजना गरिएको जानकारी दिए।

अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न २७ देशबाट ३५० भन्दा बढी भूगर्भविद्, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विज्ञको सहभागिता रहने महासचिव बाँस्कोटाले बताए।

सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम तय भएको छ। हिमालय क्षेत्रको भूगर्भीय अवस्था, भूगर्भ विज्ञानका नवीनतम अनुसन्धान तथा उपलब्धि, प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा पर्वतीय क्षेत्रको दिगो विकाससम्बन्धी वैज्ञानिक ज्ञान र अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनमा विभिन्न विषयगत क्षेत्रका १७० वैज्ञानिक प्रस्तुति, सात वटा मुख्य सत्र, पाँच वटा विशेष वैज्ञानिक सत्र सञ्चालन हुनेछन्। सम्मेलनमा विश्वविद्यालय, सरकारी निकाय, विकास साझेदार संस्था, व्यावसायिक तथा प्राज्ञिक समाजका प्रतिनिधिको सहभागिता रहने समाजले जनाएको छ।

कार्यक्रममा भूगर्भ विज्ञान तथा यससँग सम्बन्धित प्रविधि र सेवासँग आबद्ध संस्थाले आफ्ना उत्पादन तथा सेवाबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी कक्ष समेत राखिएको महासचिव बाँस्कोटाले जनाए।

सम्मेलनले हिमालय क्षेत्रको भूगर्भीय अनुसन्धानलाई थप सुदृढ बनाउनाका साथै भू–विपद् जोखिम न्यूनीकरण, पूर्वाधार विकास, खनिज तथा प्राकृतिक स्रोतको दिगो उपयोग र नीतिगत निर्णय प्रक्रियामा वैज्ञानिक ज्ञानको प्रभावकारी उपयोगमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस्

छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस्

प्रधानमन्त्रीको भारत भ्रमण यात्रा ३० घण्टा मात्रै हुने

२८ मिनेट अगाडि
अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

विदेशी मुद्राको विनिमयदर निर्धारण

३२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

मतदाता नामवलीमा दोहोरो नामवली खारेज

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक