बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दुई पूर्वश्रममन्त्री पक्राउ

धारणा न्यूज by धारणा न्यूज
२० मिनेट अगाडि
Reading Time: 1 min read
0
दुई पूर्वश्रममन्त्री पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा विदेश पठाउने निर्णयमा संलग्न रहेको आरोपमा दुई पूर्वश्रममन्त्री पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई बुधबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उनीहरूसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ पनि छन्।

प्रहरीले उनीहरूमाथि ठगीसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐनअन्तर्गत अनुसन्धान अघि बढाएको छ। नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौताविपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको प्रहरीको आरोप छ।

यस प्रकरणमा ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँभन्दा बढी अपचलन भएको प्रहरीको दाबी छ।

पक्राउ परेका दुवै पूर्वमन्त्रीले केपी शर्मा ओली र शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रूपमा काम गरेका थिए।

रामेश्वर राय यादव : १ वर्ष १ महिना ५ दिन

यादव २०७६ कात्तिक ४ गते (२० नोभेम्बर २०१९) श्रममन्त्री नियुक्त भएका थिए। उनले २०७७ पुस १० गते (२५ डिसेम्बर २०२०) सम्म जिम्मेवारी सम्हाले। उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएका थिए।

तत्कालीन वाम गठबन्धनबाट चुनाव जितेका उनी नेकपामा थिए। तर टिकट नपाएपछि गत निर्वाचनमा जनता समाजवादी पार्टी प्रवेश गरेका थिए।

शेरबहादुर कुँवर : करिब ६ महिना मन्त्री

कुँवर २०७९ असार १२ गते (२७ जुन २०२२) श्रममन्त्री नियुक्त भएका थिए। उनले २०७९ पुस ११ गते (२६ डिसेम्बर २०२२) सम्म जिम्मेवारी सम्हाले। उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री बनेका थिए।

प्रहरीको दाबीअनुसार नेपाल र मलेसियाबीच भएको श्रम सम्झौताको मर्म र व्यवस्थाविपरीत नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरिएको थियो। त्यसरी संकलित रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

सीआईबीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ।

काठमाडौँ जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ अनुमति लिएर काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

१ घण्टा अगाडि
छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस्

प्रधानमन्त्रीको भारत भ्रमण यात्रा ३० घण्टा मात्रै हुने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

मतदाता नामवलीमा दोहोरो नामवली खारेज

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक