शुक्र, भदौ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विभिन्न मागहरूबारे छलफल

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को चिठ्ठा नतिजा सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । थारू सांसदहरूले प्रधानमन्त्री बालेन शाहसँग भेट गरी आफ्नो समुदायको विभिन्न मुद्दा र मागहरूबारे छलफल गरेका छन् । प्रतिनिधिसभा सदस्य करिश्मा कठरियाका अनुसार प्रधानमन्त्रीसँगको भेटमा थारू समुदायले उठाउँदै आएका मुद्दाका विषयमा अहिलेसम्मकै विशेष तथा गम्भीर छलफल भएको हो ।

भेटमा प्रधानमन्त्री शाहले थारू समुदायले उठाएका मुद्दा समाधान गर्न आफू गम्भीर रहेको बताएका थिए । यस्तै, २०७२ को टीकापुर घटनाको सत्यतथ्य छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा आगामी भदौ ७ गतेभित्र रायसहितको सुझाव पेस गर्न सांसद सुरेन्द्र चौधरीलाई विशेष जिम्मेवारी दिइएको कठरियाले जानकारी दिएकी छन् ।

२०७२ भदौ ७ गते थरूहट, थारूवान संघर्ष समितिको आन्दोलनका क्रममा टीकापुरमा भएको घटनाबारे छानबिन गर्न गठित लाल आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग हुँदै आएको थियो । यसअघिका सरकारलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायत राजनीतिक दलहरूले लाल आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरे पनि पूरा भएको छैन । भेटका क्रममा कठरियाले थारू समुदायका तर्फबाट प्रधानमन्त्रीसमक्ष विभिन्न मागसमेत पेस गरेकी छन् । मागपत्रमा लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, राष्ट्रिय निकुञ्ज आसपास बसोबास गर्ने थारू समुदायको सुरक्षा तथा वन अधिकार सुनिश्चित गर्नुपर्ने माग उनले राखेकी थिइन् । यस्तै, राज्यका हरेक निकायमा थारू समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । थारू समुदायमा व्यापक रूपमा देखिएको सिकलसेललगायत वंशानुगत रोगको पहिचान, निःशुल्क उपचार तथा उचित आर्थिक सहयोगको व्यवस्था गर्नुपर्ने माग पनि सांसद कठरियाले राखेकी छन् । थारू समुदायको मौलिक कला, संस्कृति र प्रथाजनित शासन प्रणालीलाई सरकारी मान्यता दिई संरक्षण तथा संवर्धन गर्नुपर्ने माग गरिएको छ । मुक्त कमैया र कमलरीलाई जग्गाधनी पुर्जासहित सम्मानजनक पुनःस्थापना गर्नुपर्ने मागसमेत राखिएको छ । त्यस्तै, थारू समुदायका बालबालिकालाई मातृभाषामा शिक्षा पाउने संवैधानिक अधिकारको व्यावहारिक कार्यान्वयन, थारू बहुल क्षेत्रमा बढ्दै गएको महिला तथा बाल हिंसा र लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने माग गरिएको छ । थारू बहुल क्षेत्रका समस्याको दीर्घकालीन समाधानका लागि संविधानको धारा ५६ (५) बमोजिम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने मागसमेत सांसद कठरियाले प्रधानमन्त्रीसमक्ष पेस गरेकी छन् । कठरियाले थारू समुदायका मागप्रति प्रधानमन्त्रीबाट सकारात्मक र द्रुत पहलकदमी हुने विश्वास व्यक्त गरेकी छन् ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको केन्द्रीय समितिको बैठक जारी

१ घण्टा अगाडि
आज मौसम सफा रहने

वर्षाको गतिविधि बढ्ने सम्भावना

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वर्षाको गतिविधि बढ्ने सम्भावना

चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ हुने

चेक बाउन्स मुद्दामा पक्राउ परेका रिहा

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

बाग्मतीमा सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट अन्तिम चरणमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक