सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल–भारत सम्बन्धमा नयाँ मोडकाे व्याख्या

धारणा न्यूज by धारणा न्यूज
८ मिनेट अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले नेपाल–भारत सम्बन्धमा नयाँ मोड र सहकार्य विस्तारको अवसरका रूपमा व्याख्या गरेका छन् ।

केही भारतीय सञ्चारमाध्यमले भ्रमणलाई विगतको कूटनीतिक दूरी घटाउने प्रयासका रूपमा हेरेका छन् भने केहीले यसलाई भारतप्रति नेपालको नीतिगत दृष्टिकोणमा आएको बदलावको संकेत मानेका छन् ।

शनिबार प्रकाशित द इकोनोमिक टाइम्सको रिपोर्टले बालेनको भारत भ्रमणलाई ‘भारतप्रति नीतिगत बदलाव’को संकेतका रूपमा व्याख्या गरेको छ । प्रधानमन्त्री बनेपछि सुरुमा विदेश भ्रमण नगर्ने र भारतीय विदेश सचिवसँग भेट नगर्ने निर्णय गरेका शाह अहिले नेपालको पूर्वाधार र आर्थिक विकासका लागि भारतसँग सहकार्य विस्तार गर्न इच्छुक देखिएको रिपोर्टमा उल्लेख गरिएकाे छ ।

रिपोर्टका अनुसार भारत भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले ऊर्जा तथा कनेक्टिभिटीसँग सम्बन्धित परियोजनाको उद्घाटन गर्ने, नयाँ परियोजनाको शिलान्यास गर्ने र संयुक्त दृष्टिपत्र सार्वजनिक गर्ने तयारी छ। स्टार्टअप, प्रविधि, नवप्रवर्तन तथा खेलकुदजस्ता नयाँ क्षेत्रको सहकार्य पनि छलफलमा समेटिने अपेक्षा गरिएको छ ।

नेपालले भारतसँग थप हवाई मार्ग उपलब्ध गराउन पनि आग्रह गर्ने तयारी गरेको रिपोर्टमा उल्लेख छ । पोखरा र भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भारतीय हवाई क्षेत्रको प्रयोगसम्बन्धी अनुमति नेपालले खोजिरहेको छ ।

नेपालले भारतसँग २ अर्ब अमेरिकी डलरको आर्थिक सहयोग प्याकेज माग गरेको विषय पनि द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । उक्त प्याकेजमा ऊर्जा तथा अन्य पूर्वाधारका लागि ऋण, सिद्धार्थ राजमार्ग स्तरोन्नति र बाढीपछिको पुनर्निर्माणका लागि अनुदान समेटिएको जनाइएको छ ।

द इन्डियन एक्सप्रेसले शनिबार प्रकाशित रिपोर्टमा प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डामा व्यापार तथा वाणिज्य, विकास साझेदारी, ऊर्जा तथा जलस्रोत, भौतिक तथा डिजिटल कनेक्टिभिटी, प्रविधि तथा नवप्रवर्तन र खेलकुदलगायतका विषय रहेको जनाएको छ ।

अखबारका अनुसार बालेनको भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र भारतको ‘नेबरहुड फर्स्ट’ (छिमक पहिलो) नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई महत्त्व दिएको जनाएको छ ।

टाइम्स अफ इन्डियाले पनि शनिबार प्रकाशित रिपोर्टमा मोदी र बालेनबीच भारत–नेपाल सम्बन्धका समग्र पक्ष तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने जनाएको छ । भ्रमणका क्रममा ऊर्जा परियोजनाको उद्घाटन, द्विपक्षीय सम्झौता र सहयोगका विभिन्न विषयमा छलफल हुने रिपोर्टमा उल्लेख छ ।

नेपाल -भारत सम्बन्धलाई इतिहासभन्दा भविष्यतर्फ लैजानुपर्ने तर्क

भारतीय सञ्चारमाध्यममा समाचारसँगै विचार लेखमा पनि बालेनको भ्रमणलाई सम्बन्ध सुधारको अवसरका रूपमा प्रस्तुत गरिएको छ ।

द प्रिन्टमा शनिबार प्रकाशित एक लेखमा विगतका विवादभन्दा भविष्यको सहकार्यलाई प्राथमिकता दिनुपर्ने तर्क गरिएको छ ।

लेखमा भ्रमणले दुई देशबीच सम्बन्ध सामान्यीकरण गर्ने र विवाद समाधानका लागि संवादलाई सहज बनाउने अवसर प्रदान गर्न सक्ने उल्लेख छ । साथै प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, गोर्खा भर्ती, सीमा विवाद र भारतीय नोटको समस्या जस्ता लामो समयदेखि अल्झिएका विषयलाई संवादबाट अघि बढाउनुपर्ने सुझाव दिइएको छ ।

सो लेखले दुई देशबीच नियमित उच्चस्तरीय संवादलाई संस्थागत गर्दै नयाँ पुस्ताको आवश्यकता अनुरूप डिजिटल कनेक्टिभिटी, प्रविधि, डेटा सहकार्य र शैक्षिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिएको छ ।

साथै एउटा भ्रमणले सबै विवाद समाधान गर्न नसके पनि नियमित संवाद र व्यवहारिक सहकार्यले सम्बन्धमा सुधार ल्याउन सक्ने उल्लेख गरिएको छ ।

सीमा विवाद र अन्य असमझदारी कायमै

इनेडिया टुडेले बालेनको भारत भ्रमणलाई विगतमा देखिएका कूटनीतिक असहजताका बीच सम्बन्ध सुधारको प्रयासका रूपमा प्रस्तुत गरेको छ ।

अखबारले भारत र नेपालबीच कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद रहेको उल्लेख गर्दै गत मे महिनामा बालेनले सीमा विवाद समाधानमा चीन र बेलायतको भूमिका खोजेको विषयपछि भारतले तेस्रो पक्षको संलग्नता अस्वीकार गरेको घटनालाई स्मरण गरेको छ ।

दुई देशबीचको सम्बन्धमा सीमा विवादसँगै व्यापार, पारवहन र अन्य विषयमा सहकार्य तथा मतभेद दुवै रहेको रिपोर्टमा उल्लेख छ ।

नेपालको बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण, आर्थिक सहायता, व्यापार, पारवहन, ऊर्जा र कनेक्टिभिटीसम्बन्धी सहकार्य विस्तारका विषय पनि भ्रमणका महत्त्वपूर्ण एजेन्डा बन्ने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

३७ मिनेट अगाडि
नेपालको जनकपुरधामलाई रेलमार्गबाट जोड्ने

नेपालको जनकपुरधामलाई रेलमार्गबाट जोड्ने

४३ मिनेट अगाडि

प्रधानमन्त्री शाहको यो भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले विशेष चासोका साथ हेरेका छन् । विगतको कूटनीतिक असहजता हटाएर आर्थिक तथा विकास साझेदारीलाई व्यवहारिक परिणाममा पुर्‍याउने अवसरका रूपमा भ्रमणलाई व्याख्या गरिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइतबार सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक