बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्पेनको कोस्टाब्लाङ्कामा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान

नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
स्पेनको कोस्टाब्लाङ्कामा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कोस्टाब्लाङ्का । स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मन्दिर–गुम्बासहित धार्मिक धरोहर निर्माणको अभियान अघि बढाइएको छ। नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्काको पहलमा उक्त परियोजनाका लागि कुल १ लाख युरो आर्थिक प्रतिबद्धता जुटेको छ।

नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्काका अध्यक्ष केसर बहादुर थापा र एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्काका अध्यक्ष बिपिन बुढाथोकीको अध्यक्षतामा गत सोमबार बसेको संयुक्त बैठकले मन्दिर–गुम्बा निर्माण, आर्थिक व्यवस्थापन तथा धार्मिक कार्यक्रम सञ्चालनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको हो।

बैठकले सहभागी विभिन्न व्यक्तिहरूबाट मन्दिर स्थापनाका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता संकलन गर्दै कुल १ लाख युरो जुटाउने निर्णय गरेको छ।

मन्दिर निर्माणका लागि मुकुन्द लामिछाने, सुरेन्द्र भुजेल थापा, रितेश श्रेष्ठ, बिपिन बुढाथोकी, केसर बहादुर थापा, रुद्र खत्री, सुरेश बज्रचार्य, दुर्गा भण्डारी, बद्री प्रसाद कोइराला, द्वारिका लामिछाने, हेमराज सापकोटा, नवराज दुवाडी, दिपेश श्रेष्ठ, ईश्वर गौतम, अन्जु पुन, अक्कल बोहोरा, राजन थापा, केशवराज कडेल, देबराज सापकोटा तथा बिनोद शेरचनले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

मन्दिर–गुम्बा निर्माण अभियानका संयोजक मुकुन्द लामिछानेका अनुसार यो परियोजना धार्मिक आस्था, संस्कार, संस्कृति तथा सामाजिक एकताको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले अघि बढाइएको हो। यसले कोस्टाब्लाङ्कामा रहेका नेपाली समुदायलाई आफ्नो धर्म, संस्कृति र परम्परासँग जोडिराख्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

बैठकले मन्दिर निर्माण सहयोगार्थ नौदिने नवदुर्गा पूजा आयोजना गर्ने निर्णयसमेत गरेको छ। उक्त पूजा–पाठ पण्डित ईश्वर गौतमले सञ्चालन गर्नेछन् भने मन्दिरका लागि आवश्यक मूर्ति व्यवस्थापनको जिम्मेवारी समाजका संरक्षक सुरेन्द्र भुजेल थापालाई दिइएको छ।

त्यस्तै, आगामी तीज कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न कार्यक्रम स्थल व्यवस्थापनको जिम्मेवारी समाजका संरक्षक रितेश श्रेष्ठ र सुरेश बज्राचार्यलाई दिइएको छ। मन्दिर–गुम्बा पूजा कार्यक्रमका लागि आवश्यक स्थान एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्काका अध्यक्ष बिपिन बुढाथोकीले उपलब्ध गराउने जनाइएको छ। तीज कार्यक्रमको समग्र व्यवस्थापनको जिम्मेवारी स्मृति गौतम, डा. सबिता पाठक र रीता आचार्यलाई दिइएको छ।

मन्दिर–गुम्बा निर्माण तथा आर्थिक सहयोग अभियानको समन्वयकारी भूमिकामा समाजका संरक्षक रुद्र खत्री रहने छन् ।

बैठकमा १४ जना प्रतिनिधिको उपस्थिति रहेको थियो। सहभागीहरूले धार्मिक तथा सांस्कृतिक धरोहर निर्माणको अभियानलाई सामूहिक सहकार्य, एकता र सहभागिताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

यसैबीच, अभियानलाई कोस्टाब्लाङ्का तथा स्पेनमा मात्र सीमित नराखी विश्वभर रहेका नेपाली समुदायलाई समेत जोड्न आह्वान गरिएको छ। नेपाल समाज एसोसिएसनले सुरु गरेको मन्दिर–गुम्बा निर्माण तथा धार्मिक धरोहर संरक्षणको यस अभियानमा विश्वभर छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनी, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार तथा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई सहयोग, सहकार्य र सहभागिताका लागि समाजका महासचिव अशिम लोप्चन तामाङले आह्वान गरेका छन् ।

अभियानले नेपाली धर्म, संस्कृति, कला, परम्परा र सामाजिक एकताको संरक्षणमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। प्रवासी भूमिमा निर्माण हुने यस्तो धार्मिक तथा सांस्कृतिक केन्द्रले भावी पुस्तालाई समेत आफ्नो मौलिक पहिचान र संस्कृतिसँग जोड्ने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

७ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक