बिहि, भदौ ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतीय सेनाका प्रमुख जनरलकाे नेपाल भ्रमण

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
भारतीय सेनाका प्रमुख जनरलकाे नेपाल भ्रमण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ, पीभीएसएम, युवाईएसएम, एभीएसएमले मिति २०८३ श्रावण ३१ गतेदेखि भाद्र ३ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुभयो। श्रावण ३१ गते काठमाडौं आइपुग्नुभएपछि जनरल सेठलाई नेपाली सेनाका वरिष्ठ अधिकारीहरू तथा काठमाडौँस्थित भारतीय राजदूतावासका प्रतिनिधिहरूले स्वागत गर्नुभएको थियो ।

जनरल सेठले भाद्र १ गते टुँडिखेलस्थित शहिद स्मारकमा माल्यार्पण गर्दै राष्ट्रको सेवामा सर्वोच्च बलिदान दिने वीर सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। तत्पश्चात वहाँले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको भ्रमण गर्नुभयो जहाँ वहाँलाई सम्मान गारद अर्पण गरिएको थियो । त्यसपछि सेना प्रमुखले नेपाली सेनाका प्रधान सेनापति महारथी तथा भारतीय सेनाका मानार्थ महारथी अशोक राज सिग्देलसँग भेटवार्ता गरी द्विपक्षीय रक्षा सहकार्यलाई विस्तार गर्ने विषयमा छलफल गर्नुभयो। क्षमता विकासतर्फ भारतको निरन्तर प्रतिबद्धता प्रदर्शन गर्दै जनरल सेठले विपद् पूर्वतयारी तथा मानवीय प्रतिकार्य क्षमता अभिवृद्धिका लागि सवारी साधन र चिकित्सा उपकरणहरू हस्तान्तरण गर्नुभयो।

निक्कै पुरानो परम्परालाई निरन्तरता दिँदै नेपालका सम्माननीय राष्ट्रपतिले शीतल निवासमा आयोजित एक समारोहका बीच जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभयो। उक्त समारोह पश्चात जनरल सेठले नेपालका सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभयो।

जनरल धीरज सेठले भाद्र २ गते शिवपुरीस्थित नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरी शिक्षार्थी तथा फ्याकल्टी सदस्यहरुसँग अन्तरक्रिया गर्नुभयो। उक्त अन्तरक्रियाले विचारहरूको अर्थपूर्ण आदानप्रदानका लागि अवसर प्रदान गर्नुका साथै भारत र नेपालका सशस्त्र बलहरूबीचको प्राज्ञिक सहकार्यको महत्त्वलाई पुनः पुष्टि गर्‍यो।त्यसपछि जनरल सेठले नेपालका सम्माननीय प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नुभयो जहाँ छलफल दुई देशबीचको लामो समयदेखिको साझेदारी विशेष गरी रक्षा सहकार्यमा केन्द्रित थियो।

जनरल धीरज सेठले भाद्र ३ गते पोखराको भ्रमण गरी भारतीय सेनाका भूतपूर्व सैनिकहरूसँग अन्तरक्रिया गर्नुभयो। भेलालाई सम्बोधन गर्दै जनरल सेठले राष्ट्रको सार्वभौमसत्ता र सुरक्षाको रक्षा गर्न भारतीय सेनाका भूतपूर्व सैनिकहरूले पुर्‍याउनुभएको उत्कृष्ट सेवा, अटुट समर्पण र सर्वोच्च बलिदानको उच्च प्रशंसा गर्नुभयो।  सो कार्यक्रममा सम्मान र कृतज्ञताको प्रतीकस्वरूप वीर नारी तथा वीरता पुरस्कार विजेताहरूलाई सम्मानित गरियो। भूपू सैनिकहरूको कल्याण र जीवनस्तर सुधारका लागि मोबिलिटी इक्विपमेन्ट प्रदान गरियो। जनरल सेठले कोहलपुरस्थित भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लीनिक भूपू सैनिक समुदायको सेवाका लागि समर्पित गर्नुभयो। यस सुविधाको स्थापनाले नेपालमा रहनुभएका भूतपूर्व सैनिक तथा वहाँहरुका आश्रितहरूका लागि स्वास्थ्य सेवा सहयोग सुदृढ बनाउन अर्को महत्त्वपूर्ण कोशेढुङ्गाको प्रतिनिधित्व गर्दछ।

यस भ्रमणले बहुआयामिक भारत-नेपाल सम्बन्धलाई सुदृढ बनाउन र रक्षा तथा सुरक्षाका विभिन्न क्षेत्रहरूमा सहकार्यलाई अझ प्रगाढ बनाउन मद्दत पुर्‍याएको छ।

 

 

यो पनि पढ्नुहोस्

चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ हुने

चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ हुने

१ घण्टा अगाडि
आःजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

आःजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशभर मनसुनी वायुको प्रभाव

करेन्ट र चट्याङ लागेर मृत्यु  

बाग्मतीमा सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट अन्तिम चरणमा

तीन वर्षीया बालिकाको हत्या

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक