बुध, भदौ ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सेवाग्राहीलाई १५ मिनेटमै नागरिकता

धारणा न्यूज by धारणा न्यूज
९ घण्टा अगाडि
Reading Time: 1 min read
0
सेवाग्राहीलाई १५ मिनेटमै नागरिकता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरु गरेको पब्लिक अनाउन्समेन्ट सिस्टम ‘पास’ प्रभावकारी हुँदै गएको छ । सेवा प्रवाह सहज बनाउन जिल्ला प्रशासनले ७ महिनाअघि सार्वजनिक घोषणा प्रणाली (पब्लिक अनाउन्समेन्ट सिस्टम) लागु गरिएको थियो ।

सो प्रणालीमा सूचना प्रविधिको उच्चतम प्रयोग र टोकन प्रणालीबाट सर्वसाधारणलाई सेवा दिइन्छ । पास प्रणाली सुरु भएपछि काठमाडौँ जिल्ला प्रशासनबाट सेवाग्राहीले करिब २० मिनेटमा नै नागरिकता पाउन थालेका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल भन्छन्, ‘कागजात पुरा भएका सेवाग्राहीले टोकन प्रणालीबाट २० मिनेटमा नागरिकता पाउँछन् ।’

जिल्ला प्रशासनले पब्लिक अनाउन्समेन्ट सिस्टम लागु गरेपछि सर्वसाधारणलाई सहयोग गर्न हेल्प डेस्कमा डेडिकेटेड कर्मचारी खटाउँदै आएको छ । हेल्प डेस्कबाट टोकन लिएका कर्मचारीलाई सेवा प्रदान गर्न प्रहरी कर्मचारी पनि खटिन्छन् ।

जेनजी प्रदर्शनपछि सुशासनको माग बढेपछि त्यसलाई सम्बोधन गर्न पब्लिक अनाउन्समेन्ट सिस्टमबाट सेवा दिन लागिएको प्रजिअ पौडेलले बताए । उनका अनुसार काठमाडौँ जिल्ला प्रशासनमा राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक दिने काम १० मिनेटमा पुरा हुन्छ । पासपोर्ट बनाउने प्रक्रिया पनि करिब १० मिनेटमा पुरा हुने प्रजिअ पौडेलले जनाए ।

सेवा प्रवाहलाई नेपालकै मोडल कार्यालयको रूपमा विकास गर्ने गरी २०८२ पुसबाट काठमाडौँमा सो सेवा सुरु गरिएको थियो । आधुनिक शैलीको सेवा प्रणालीलाई प्रभावकारी बनाउन प्रजिअको कार्यकक्षबाट सिसिटिभीमाबाट मनिटर गर्न सकिने र त्यहीँबाटै निर्देशन दिन सकिने प्रविधिको विकाश गरिएको छ । प्रजिअ पौडेलका अनुसार सेवाग्राहीले बिना झन्झट निश्चित समयमा सेवा लिन थालेका छन् ।

हेल्पडेस्कमा कर्मचारीले सेवाग्राहीको कागजात स्क्रिनिङ्ग गरेपछि कर्मचारीले डिजिटल प्रणालीबाट टोकन दिनेछन् । टोकन पाएका सेवाग्राहीले बढीमा २० मिनेटमा सेवा पाउनेछन्। ‘पास’ प्रणाली प्रभावकारी बन्दै गएको छ ।

२०७९ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँले ‘टाइम कार्ड’ लागु गरेको थियो । तत्कालीन उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा त्यसबेला १० प्रकारका सेवामा टाइमकार्ड लागु गरिएको थियो । टाइम कार्ड लागु गर्दा काठमाडौँका प्रजिअ घनश्याम उपाध्याय थिए । उपाध्याय अहिले अर्थ मन्त्रालयका सचिव छन् ।

 

यो पनि पढ्नुहोस्

रास्वपाद्वारा विधान संशोधन कार्यदल बनाइयाे

रास्वपाद्वारा विधान संशोधन कार्यदल बनाइयाे

३ घण्टा अगाडि
नेपालको विदेश नीतिमा नकारात्मक प्रभाव

नेपालको विदेश नीतिमा नकारात्मक प्रभाव

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

द्विपक्षीय विकाससम्बन्धी निर्णयहरू सार्वजनिक

‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश

नेपाली नागरिकको आवागमनलाई सहज बनाउनु राज्यको दायित्व

सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

सापसको ५५ औँ वार्षिकोत्सवमा पाँच सर्जकहरू अभिनन्दित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक