काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन कार्यदल बनाएको छ ।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार संसदीय दलको विधान संशोधन कार्यदल बनाइएको हो ।
बुधबार रास्वपा सभापति रवि लामिछानेले पार्टीका सांसदहरू र मन्त्रीहरूलाई एकै ठाउँमा राखेर संसदीय मर्यादा र शैलीबारे छलफल गरेका छन् । यो बैठकपछि रास्वपा दलका उपनेता पराजुलीले यसबारे जानकारी दिएका हुन् ।
कार्यदलले आगामी ७ दिन भित्र राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको विधानमा आवश्यकता अनुसार संशोधन गरेर कार्यविधि बनाएर दिनेछ । जसमा सांसदहरुलाई सदनमा उपस्थिति हुँदा गर्दाखेरि कम्तिमा सदनको मर्यादा. आफ्ना जिम्मेवारी जनता, विपक्षी आवाज र कानुन निर्माण प्रक्रियामा सशक्त बनाउने विषय राखिनेछ ।


