मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले पहिरो प्रभावित जिल्लामा थप विपद्को सम्भावना पहिचान गर्न प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने भएको छ । मनसुन प्रतिकार्य कमान्ड पोस्टको आइतबार बसेको बैठकले रोल्पाको थवाङ गाउँपालिका र सुनछहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका, जाजरकोटको भेरी नगरपालिका र आसपासका क्षेत्रमा प्रारम्भिक भौगर्भिक अध्ययन गर्न प्राविधिक टोली खटाउने निर्णय गरेको हो । अध्ययन टोलीमा जल तथा मौसम विज्ञान विभागको समेत सहभागिता गराउने निर्णय भएको छ ।

लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा जमिन गल्ने, पहिरो जाने तथा बस्ती थप जोखिममा पर्नसक्ने अवस्था देखिएपछि प्रभावित क्षेत्रको भौगर्भिक अवस्था अध्ययन गर्न लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक डा.धर्मराज उप्रेतीले जानकारी दिए । अध्ययनबाट पहिरोको जोखिमको अवस्था, जमिनको स्थायित्व तथा प्रभावित क्षेत्रको थप जोखिम पहिचान गरी आवश्यक सुरक्षा तथा व्यवस्थापनका उपाय तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कमान्ड पोस्टले मनसुन सक्रिय रहेकाले पहाडी तथा हिमाली क्षेत्रमा लगातार वर्षाका कारण पहिरोको जोखिम बढिरहेको भन्दै सम्बन्धित निकायलाई पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउनसमेत निर्देशन दिएको छ । साथै, मनसुनजन्य विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन मनसुन प्रतिकार्य कमाण्ड पोस्टले सम्बन्धित जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई निर्देशन पनि दिएको छ ।

कमान्ड पोस्टले अवरुद्ध सडक, खानेपानी, सिँचाइलगायत अत्यावश्यक सेवा तत्काल मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ । यस्तै, नदी कटान तथा पहिरो नियन्त्रणका काम गर्न र प्रभावित परिवारलाई मनोसामाजिक परामर्श तथा स्वास्थ्योपचारलगायत सेवा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।

यो पनि पढ्नुहोस्

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

५९ मिनेट अगाडि
अब ‘लफङ्गा’हरूको हातमा

अब ‘लफङ्गा’हरूको हातमा

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

यस्ताे छ माैसम

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक