मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको आपत्ति

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको आपत्ति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालत बार एशोसिएसन, पाटनको निर्वाचन प्रक्रिया धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी र दमनपूर्ण भएको आरोप लगाउँदै वहिष्कार गरेको जनाएको छ ।  आइतबार राजधानीको संवाद डबलीमा मञ्चले पत्रकार सम्मेलनको आयोजना गरी एमाले निकट पीपीएलएको निर्देशन पालक निर्वाचन समिति रहेकोेसमेत आरोप लगाएको छ ।

मञ्चका कार्यवाहक अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईले निर्वाचनका क्रममा स्वतन्त्र र निष्पक्ष निर्वाचनका स्थापित मान्यताविपरीत गतिविधि भएको आरोप लगाए ।  निर्वाचनसम्बन्धी प्रक्रिया तथा व्यवस्थापनमा एकपक्षीयता देखिएको, अनधिकृत व्यक्तिहरूको घेसपैठ गराई फर्जी मतदान गराएको जिकिर गरे । सम्बन्धित कानुन व्यवसायीहरूको स्वतन्त्र सहभागिता र निर्वाचन अधिकारमा प्रतिकूल प्रभाव पार्ने गरी कार्य गरिएकोले मतपरिणम अवैध भएको भट्टराईको ठहर छ ।

सुनियोजितरुपमा निर्वाचन स्थल अस्वभाविक अण्डरग्राउण्ड अक्सिजनसमेत नपुग्ने पार्किङ स्थलमा राखी भारी मात्रामा सुरक्षाकर्मीबाट दमन गरि गराई आफ्नो पक्षमा परिणाम ल्याइएको भट्टराईले आरोप लगाए ।

“सुरक्षकर्मीहरुले मञ्चका उम्मेदवराहरुालई लछारपछार गर्ने, अभद्र व्यवहार गर्ने, हुलहुज्जत गराई निर्वाचनमा अशान्ति पैदा गरी उम्मेदवार, पर्यवेक्षक, निर्वाचन प्रतिनिधीहरुलाई निर्वाचन स्थलबाट सामुहीकरुपमा लखेटी, लात्तैलात्ताले हानी, कालो कोट च्याती, कुटपीट गरी निर्वाचन स्थलबाट बाहिर निकाली आफूनिकट मतदातालाई मात्र प्रवेश गराई मतदान अवेरसम्म सञ्चालन गरी निर्वाचन परिणाम घोषणा गरेकोले यसको पूर्णत अवैधानिक छ” भट्टराईले भने ।

पाटन बार एसोसिएसनका लागि स्वतन्त्र कानुन व्यवसायी मञ्का तर्फबाट अध्यक्ष्य पदका उम्मेदवार अधिवक्ता भेषराज पोखरेलले निर्वाचनमा स्वतन्त्रत, निष्पक्ष, पारदर्शि, वैधानिक तथा कानुन व्यवसायीहरूको सार्वभौम सहभागितामाथि पीपीएलएको निर्देशनमा निर्वाचन समितिले  अवैधानीक कार्य गरेको  आरोप लगाए ।

उपाध्यक्ष पदका उम्मेदवार अधिवक्ता टिकाराम पोखरेलले निर्वाचनको निष्पक्षता र वैधानिकतामाथि गम्भीर प्रश्न खडा गर्दै बारको कोष दुरुपयोग गरी कार्ड नवीकरण गराएको र अन्य व्यक्तिले उक्त कार्ड प्रयोग गरी सयौंको संख्यामा फर्जीमत हालेको आरोप लगाए ।

सहसचिवको उम्मेदवार अधिवक्ता स्वेता कुमारीले स्वतन्त्र र जनविश्वासको जगमा न्यापालिकालाई स्थापित गर्न कानुन व्यवसायीहरुको मतदान गर्न पाउने आधारभूत मानवअधिकार हनन भएको बताइन् । मतदान गर्नपाउने निर्वाद अधिकारमाथि राजनीतिक दलको निर्देशनमा पालित संगठनहरु र यसको निर्देशनमा चल्ने निर्वाचन समितिले स्वेच्छाचारी ढंगले निर्वाचन गराएकोे आरोप लगाइन् ।

कार्य समितिका खुल्ला सदस्यका उम्मेदवार अधिवक्ता जुजुकाजी महर्जनले प्राकृतिक न्यायको सिद्धान्त, विधिको शासन विपरित अलोकतान्त्रिक, धाँधलीपूर्ण तरिकाबाट निर्वाचन सम्पन्न भएको दाबी गरे । साथै महर्जनले निर्वाचनलाई अमान्य घोषणा गरी सर्वपक्षीय छलफलबाट स्वतन्त्र निर्वाचर्न समिति गठन गरी तत्काल निर्वाचन गर्न माग गरे ।

उच्च अदालत पाटन बारका मतदाता अधिवक्ता त्रिलोक बहादुर चन्द र केन्द्रीय कार्यकारी परिषदका सदस्य अधिवक्ता गोमादेवी कटुवालले विधिको शासन अनुसार निर्वाचान गराउन जोडदार माग गरे ।

—

यो पनि पढ्नुहोस्

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

१ घण्टा अगाडि
विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

यस्ताे छ माैसम

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक