काठमाडौं । उपत्यकाको मात्र नभई नेपालकै महत्वपूर्णका रुपमा हेरिएको कीर्तिपुरको आराध्यदेव धुंआजु द्यः बाघभैरवको जात्रा भव्य रुपमा सम्पन्न भएको छ ।
पछिल्ला दिनहरूमा कीर्तिपुरमा अन्यजात्राको तुलना एकदमै महत्वपूर्ण रूपमा हेरिएको यो जात्रा प्रत्येक भाद्र १ गते सिंह संक्रान्तिका दिन धुमधामका साथी मनाउने गरिन्छ ।
कीर्तिपुरबासीले वि.सं. २०१३ सालदेखि बाघभैरव मनाउन सुरूवात भएता पनि करिब ३ बर्ष अगाडि स्वर्ण शक्ति भैरव साथै यस बर्ष हाथ्वं आजु (भैरव) मुखबाट प्रसाद वितरण कार्य थपिएसँगै थप रौनक्ता थपिएको हो ।
हाथ्वं भैरवकाे विधिवत् तान्त्रिक पुजा पश्चात करिब ३ सय २८ बर्ष पछि पुनः रूपमा हाथ्वं आजु (भैरव) मुखबाट प्रसाद वितरण गरिएकाे थियाे ।
साे ग्रहणमा कीर्तिपुरका स्थानीयका साथैं उपत्यका बाहिरका बासिन्दाहरूले समेत प्रसाद ग्रहण गरिएकाे थियाे ।
कीर्तिपुर नगरको बस्ती विकास शिवदेव तृतीयले बस्ती विकास गरिएको यस बाघभैरवलाई त्यहाँका स्थानीय बासिन्दाले आराध्यदेव मानी पूजाआजा एवम् जात्रा मनाउँदै आइरहेको छ । सो जात्राका अवसरमा बाघभैरवको मूर्तिसहितको खट कीर्तिपुर नगर परिक्रमा गर्ने गरिन्छ ।
यस जात्राकाे दिन बाघभैरवको मन्दिर एक सय आठ पटक घुमेमा मनले चिताएको पूरा हुने पाप, भय, संकट, कष्ट नष्ट भई पुण्य सञ्चय हुने जनविश्वास रहेको छ । यस बाघ भैरवलाई आइ द्यः, ब्याघ्रेश्वर, धुंम्बा आजु, धुंआजुका नामले समेत सम्बोधन गरिन्छ ।
कीर्तिपुर नगरपालिकाकाे वडा नं. १ रहेकाे यस बाघ भैरव मन्दिरमा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा गरिएकाे थियाे ।
जात्राकाे भिडियाे तलकाे भिडियाे किलिक गरेर हेर्न सकिन्छ:


