सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन

धारणा न्यूज by धारणा न्यूज
१० घण्टा अगाडि
0
विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन अभियान’अन्तर्गत विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी गत आर्थिक वर्षमा पाँच करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ ।

कार्यक्रमबाट जिल्लाका ३७३ किसान लाभान्वित भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

किसानलाई स्थानीयस्तरमै व्यवसाय सञ्चालन गर्न सहज बनाउँदै आयआर्जनमा वृद्धि गर्ने तथा बढीभन्दा बढी किसानलाई उत्पादनमा जोड्ने उद्देश्यले विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिए ।

प्रमुख पन्तका अनुसार बाख्रा, भैँसी, बङ्गुर र मत्स्यपालनतर्फका फार्म, समूह तथा सहकारीमार्फत अनुदान दिइएको हो ।

कार्यक्रमअन्तर्गत चुरे गाउँपालिकाका ६७ बाख्रा फार्मलाई ४० लाख रुपैयाँ, मोहन्याल गाउँपालिकाका १० बाख्रा फार्म, तीन समूह र एक सहकारीलाई ४० लाख रुपैयाँ, गौरीगङ्गा नगरपालिकाका २२ बाख्रा फार्मलाई ४० लाख रुपैयाँ तथा सोही नगरपालिकाका थप २० बाख्रा फार्मलाई ४० लाख रुपैयाँ अनुदान उपलब्ध दिइएको छ ।

त्यसैगरी, घोडाघोडी नगरपालिकाका चार बङ्गुर फार्मलाई ४० लाख रुपैयाँ, लम्कीचुहा नगरपालिकाका १३ भैँसी फार्मलाई ५० लाख रुपैयाँ, टीकापुर नगरपालिकाका सात भैँसी फार्मलाई ५० लाख रुपैयाँ, जानकी गाउँपालिकाका तीन भैँसी फार्मलाई ४० लाख रुपैयाँ, भजनी नगरपालिकाका चार भैँसी फार्मलाई ४० लाख रुपैयाँ र धनगढी उपमहानगरपालिकाका २२ भैँसी फार्मलाई ५० लाख रुपैयाँ अनुदान दिइएको छ ।

बर्दगोरिया गाउँपालिकाका तीन मत्स्य फार्मलाई ४० लाख रुपैयाँ, जोशीपुर गाउँपालिकाका तीन बाख्रा फार्मलाई ४० लाख तथा कैलारी गाउँपालिकाका दुई बङ्गुर फार्म, दुई समूह र एक सहकारीलाई ४० लाख अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।

‘एक स्थानीय तह दुई उत्पादन’ अभियानअन्तर्गत एउटा कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र अर्को कार्यक्रम कृषि ज्ञान केन्द्रमार्फत सञ्चालन हुने प्रमुख पन्तले बताए ।

यसैगरी, कार्यालयले एकल महिला, कमैया, सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गलाई लक्षित गरी आयआर्जनमा सुधार ल्याउने उद्देश्यले बाख्रा तथा बङ्गुरपालनका लागि २१ समूहलाई प्रतिग्रुप एक लाख ७८ हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराएको छ ।

सामुदायिक पशु व्यवस्थापनअन्तर्गत कैलालीका तीन गौशालाको थप व्यवस्थापनका लागि नौ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ । साथै, हलगोरु तथा राँगा पाल्दै आएका जिल्लाका ५५१ किसानलाई प्रतिकिसान दुई हजार ७०० रुपैयाँका दरले रु १४ लाख ८७ हजार प्रोत्साहन रकम उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।  यसबाट स्थानीयस्तरमा पशुपालन तथा मत्स्यपालन व्यवसायको विस्तारसँगै उत्पादन र किसानको आयआर्जन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्

कृष्णनगर भन्सारले  ९३ प्रतिशत राजश्व उठायो

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

८ घण्टा अगाडि
भारतीय सेनाध्यक्ष आज नेपाल आउँदै

नेपाल आइपुगे भारतीय प्रधानसेनापति

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

सबैभन्दा भारी बर्षा स्याङजामा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

नेपालको संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक