नवलपरासी पूर्व । देवचुली नगरपालिका-१७ स्थित सडकमा ना.६ ख २३०३ नम्बरको बसले ग.प्र-०४-००२ प ४१७६ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिई दुर्घटना हुँदा स्कुटर चालक कावसोती नगरपालिका-१२ बस्ने ३५ वर्षीय हिमलाल लामिछानेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । यसका साथै राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्त़ी नदीमा डुबेर सोही गाउँपालिका-१ पुरानो भालुबाङ बस्ने ६२ वर्षीय मंगल प्रसाद बज्रचार्याको बिहीबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको भालुबाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


