शनि, साउन ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तातोपानी नाका सञ्चालनमा अझै आएन

धारणा न्यूज by धारणा न्यूज
२१ घण्टा अगाडि
Reading Time: 1 min read
0
तातोपानी नाका सञ्चालनमा अझै आएन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सिन्धुपाल्चोक । तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । सडक अवरुद्ध भएपछि तातोपानी नाकामार्फत हुने आयात निर्यात प्रायः ठप्प भएको छ ।

बाह्रबिसे–कोदारी सडकखण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि उक्त नाका २६ दिनदेखि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको हो । बाह्रबिसे–कोदारी खण्डको कुल लम्बाइ २६ किलोमिटर छ ।

भोटेकोसी गाउँपालिका–२ स्थित कोदारी (इको) क्षेत्रको सडकखण्डमा असार ३१ गते आएको पहिरोले सडक भासिएपछि दुई देशबीचको सडक सञ्जाल टुटेको छ । नेपाल र चीनलाई जोड्ने उत्तरी सिमानाको यो मार्ग अन्तरराष्ट्रिय व्यापारिक मार्ग हो । 

अरनिको राजमार्ग डाक्लाङमा साउन ३ गतेदेखि र लिपिङ बजार नजिकै साउन १९ गतेदेखि वर्षाका कारण सडक अवरुद्ध भएको छ ।

तातोपानी भन्सारमार्फत हुने आयात निर्यात पूर्ण रूपमा ठप्प हुँदा नेपाल मात्रै होइन, चीनतर्फका गोदाम र सडकमा रोकिएका मालवस्तु पनि नेपाल भित्रिन सकेका छैनन् । अरनिको राजमार्गको कोदारी, डाकलाङलगायत स्थानमा पहिरो जानेक्रम अझै रोकिएको छैन । 

उक्त भन्सार कार्यालयका भन्सार अधिकृत दिपेन्द्रप्रकाश गिरीले चालु आर्थिक वर्षका लागि सरकारले २५ अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरको छ, भने । ‘सडक अवरुद्ध हुनेक्रम जारी छ । भन्सारबाट कुनै काम हुन सकेको छैन’, प्रमुख भन्सार अधिकृत गिरीले भने, ‘दुई देशबीचको व्यापारमा मात्र होइन आवतजावत गर्न कठिन भएको छ ।’ भोटेकोसीको लार्चामा रहेको तातोपानी सुक्खा बन्दरगाह पहरोमुनि भएकाले माथिबाट पहिरो झर्ने गरेको छ ।

सडक अवरुद्ध हुँदा दसैँ, तिहारलक्षित सामान, स्याउ, लसुनजस्ता फलफूल र विभिन्न उद्योग निर्माणका सामान बोकेका कन्टेनर चीनको सिगर्चे, ल्हासा र न्यालमलगायत सहरमा रोकिएको भन्सार कार्यालयले जनाएको छ । करिब ५०० कन्टेनर चिनियाँ क्षेत्रमा र नेपालतर्फ कोदारीमाथि ४६ कन्टेनरमा करिब रु २० अर्ब बढीको सामान रोकिएका छन् ।

तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायी ठूलो समस्यामा परेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले जनाए ।

व्यवसायीसँगै ६४० को सङ्ख्यामा मजदुर र ट्रान्सपोर्ट तथा भन्सारसम्बन्धी कामकाज गर्ने ३०० कामदारको कामसमेत गुमेको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घलगायतका व्यापारिक सङ्घसंस्थाले  विज्ञप्तिमार्फत उत्तरी नाका खुलाउन अनुरोध गरेका छन् ।

उत्तरी नाकाको छोटो र सहज मानिएको तातोपानीबाट विशेषतःतयारी पोशाक, जलविद्युत् आयोजनाका हेभी इक्विपमेन्ट, तथा कृषि औजार, ब्याग, जुत्ता, चप्पल, स्टेशनरी, फर्निचर, खेलौना, फलफूल, शृङ्गारका सामग्री, बीउबिजन, इलेक्ट्रिक गाडी, कम्प्युटर पार्टस्, उद्योगको कच्चा पदार्थलगायत वस्तु आयात हुने गरेको छ ।

‘नेपाली बजारमा पाइने धेरै उपभोग्य वस्तु चीनबाट आयात हुने गरेको छ’, हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले भने, ‘तर सरकारले नाकालाई सहज बनाउन ध्यान दिएको देखिएन । यसबाट व्यवसायी मारमा परेका छन् ।’ धेरै व्यवसायीले हरेक वर्ष झन्झट बेहोर्दा आर्थिक रुपमै धरासायी भएको उनले जनाए ।

चाडबाडको मुखमा आयात व्यापारको आकार ठूलो हुने भए पनि सडक अवरुद्ध हुँदा बर्सेनि यस्तो समस्या आउने गरेको छ । गत वर्ष पनि असारदेखि असोजसम्म सोही स्थानमा सडक अवरुद्ध हुँदा दसैँ र तिहारका लागि आयात गरिएका मालवस्तु नेपाल भित्रन पाएका थिएनन् ।

डिभिजन कार्यालयका चरिकोटका प्रमुख ई नारायणदत्त भण्डारीले डाकलाङ, घट्टेखोला र इको पहिरोका कारण आवतजावत गर्न कठिन भएको जनाउछन् ।

इको पहिरो नियन्त्रण गर्न चिनियाँ अनुदान प्राप्त भए पनि समयमै काम सुरु नहुँदा सास्ती खेप्नुपरेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा जनाए ।

‘पहिरो नियन्त्रण कसरी गर्ने ? सडक डिभिजन कार्यालय चरिकोटले खटाएका मेसिन र कर्मचारीले काम गरेर सडक बन्ने सम्भावना छैन’, उनले भने, ‘इको पहिरो भासिएर तत्काल बनाउन सकिने अवस्था छैन । भासिएको जमिनमाथि कोदारी थामी गाउँ छ । जहाँ ६० परिवार बस्छन् । जमिन जतिजति भासिन्छ, बस्ती उति जोखिममा पर्छ । भासिएको हिलो भोटेकोसी नदीले बगाएर लान्छ । चारकिलोको पहिरोमाथि पनि पन्थली गाउँ छ । त्यही ५० भन्दाबढी घर छन् । ठूला मेसिनको थर्कावटले गाउँ बग्ने जोखिम छ । तलबाट उठाएर सडक बनाउने ठाउँ छैन ।’

प्रत्येक वर्ष वर्षायाममा पहिरो जाने गरेका कारण दुई देशबीच व्यापार गर्न समस्या पर्दै आएको छ । ‘वर्षा सुरु हुनेबित्तिकै माथिबाट लेदो बगेर सडक नै बगाइदिने समस्याका कारण व्यवसायीहरू मर्कामा छन्’, भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले भने, ‘जब वर्षा लाग्छ, पहिरो जान्छ अनि मात्रै काम सुरु गर्ने परिपाटीले सास्ती भोग्नु परिरहेको छ ।’

यो पनि पढ्नुहोस्

ताप्लेजुङमा भूकम्पको धक्का

इन्डोनेसियामा गयाे शक्तिशाली भूकम्प

४ घण्टा अगाडि
शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने

शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा- झाेर’ बाटो बचाउन मन्त्रीहरूलाई ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

किशोर श्रेष्ठ प्रकणः प्रेसमाथिको सरकारी दमनले शाही शासनको झल्को

पत्रकार किशोर श्रेष्ठ पक्राउ गरिएकोमा माकुनेकाे आपत्ति

इन्डोनेसियामा गयाे शक्तिशाली भूकम्प

सरकारी सूचना प्रवाहलाई प्रभावकारी बनाउन जोड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक