काठमाडौं । धादिङ, निलकण्ठ नगरपालिका-३ र १२ को सिमानामा रहेको थोप्पल खोलाको ड्याममा डुबेर रूवी भ्याली गाउँपालिका-३ बस्ने १९ वर्षीय नरेश घलेको बुधबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-४ स्थित धनुष सागर पोखरीमा नुहाउने क्रममा डुबेर सोही उपमहानगरपालिका-५ बस्ने ५० वर्षीय बिजय गुप्ताको बिहीबार बिहान मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै गरी फाल्गुनन्द गाउँपालिका-६ बस्ने २७ वर्षीय दिप लिम्बु आङदम्बेको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित शौचालय बनाउने क्रममा विद्युतीय तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको आधारभूत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


