काठमाडौं । अर्थ सचिव डा. घनश्याम उपाध्यायले २३ र २४ भदौ २०८२ को आन्दोलनका दौरान अर्थ मन्त्रालयअन्तर्गत राजस्व तथा कागजातमा कुनै पनि प्रकारको क्षति नभएको स्पष्ट पारेका छन् ।
सो दिन खर्च र आम्दानीका सबै प्रणालीहरू निरन्तर चलेको सार्वजनिक लेखा समितिको बैठकमा उनले जानकारी दिए । देशभरीका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूको समेत कागजात नजलेको उनले बताए । आन्तरिक लेखा परीक्षण पनि भएको अवस्थामा धेरै स्रेस्ता रिकभर गर्न सकिने अवस्था रहेको उनले जानकारी दिए ।


