आइत, साउन २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मृतक परिवारलाई जनही रु. एक लाख, घाइतेलाई उपचारका लागि रु. ११ हजार सहयोग

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
मृतक परिवारलाई जनही रु. एक लाख, घाइतेलाई उपचारका लागि रु. ११ हजार सहयोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कप्तानगञ्ज घटनाबाट प्रभावित परिवारलाई विश्व हिन्दू परिषद् नेपालले राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ। घटनामा ज्यान गुमाएका तथा घाइते भएका सनातनी परिवारप्रति ऐक्यबद्धता जनाउँदै परिषद्ले मानवीय सहयोगलाई निरन्तरता दिएको जनाएको छ।

घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवारलाई परिषद्ले आज जनही रु. एक लाखका दरले राहत रकम हस्तान्तरण गरेको हो। राहत रकम हस्तान्तरणसँगै परिषद्का तर्फबाट दुवै परिवारलाई समवेदना पत्रसमेत प्रदान गरिएको थियो।

मृतकप्रति सम्मान व्यक्त गर्न परिषद्का प्रतिनिधिहरूले दुवै वीरको चितामा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलीसमेत व्यक्त गरेका थिए। शोकसन्तप्त परिवारलाई भेटेर परिषद्का प्रतिनिधिहरूले दुःखको यस घडीमा परिवारसँग आफूहरू रहेको सन्देश दिएका थिए।

यसअघि घटनामा घाइते भई अस्पतालमा उपचाररत दुई जनालाई जनही रु. ११ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराइएको थियो। उपचाररत घाइतेको स्वास्थ्य अवस्था तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको परिषद्ले जनाएको छ।

घाइतेलाई सहयोग रकम हस्तान्तरण गर्दै विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय संगठन सचिव प्रह्लाद रेग्मीले घटनाबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्नुभयो। उहाँले पीडित परिवारले भोगिरहेको दुःख र कठिन परिस्थितिमा परिषद् उनीहरूको साथमा रहेको बताउँदै आवश्यक सहयोग र सहकार्यका लागि परिषद् प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

परिषद्का अनुसार कप्तानगञ्ज घटनाबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले मृत्यु भएका प्रत्येक व्यक्तिका परिवारलाई रु. एक लाख तथा घाइते प्रत्येक परिवारलाई रु. ११ हजारका दरले आर्थिक सहयोग गर्ने निर्णय गरिएको थियो। सोही निर्णयअनुसार मृतक परिवारलाई राहत रकम र घाइतेलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो।

मृतक परिवारलाई राहत रकम हस्तान्तरण गर्ने कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष पुरुषोत्तम भण्डारीको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा परिषद्का पदाधिकारी तथा कार्यकर्ताले पीडित परिवारसँग भेट गरी घटनाप्रति दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

परिषद्ले राहत रकम हस्तान्तरणलाई आर्थिक सहयोगमा मात्र सीमित नराखी पीडित परिवारप्रतिको सामाजिक तथा मानवीय उत्तरदायित्वका रूपमा लिएको जनाएको छ। दुःख र संकटको अवस्थामा पीडित परिवारलाई आवश्यक सहयोग, सहकार्य तथा सेवाका गतिविधिलाई निरन्तरता दिने परिषद्को भनाइ छ।

विश्व हिन्दू परिषद् नेपालले पीडित परिवारलाई आवश्यकताअनुसार सहयोग तथा समन्वयका कार्य अघि बढाउने जनाएको छ। परिषद्ले सामाजिक तथा मानवीय सेवाका माध्यमबाट संकटमा परेका परिवारलाई साथ दिने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

विश्व हिन्दू परिषद् नेपालले ‘सेवा, संस्कार र समाजको हित’लाई आफ्नो कार्यको आधारका रूपमा अघि बढाउँदै आएको जनाएको छ।

यो पनि पढ्नुहोस्

संविधान संशोधनकाे विषयलाई लिएर उपशङ्का व्यक्त हुन थाल्याे

संविधान संशोधनकाे विषयलाई लिएर उपशङ्का व्यक्त हुन थाल्याे

३९ मिनेट अगाडि
‘गौँथली’कै बाटोमा हो दोस्रो ‘गौँथली’ पनि ?

‘गौँथली’कै बाटोमा हो दोस्रो ‘गौँथली’ पनि ?

५८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतबाट भन्सार छली गरी ल्याइएको मुचुल्का तयार

भिसा अन्तर्वार्ताका क्रममा सत्य विवरण दिन आग्रह

चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त

प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी

विश्व आदिवासी दिवसकाे अवसरमा केपीले दिए शुभकामना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक