समाचार एजेन्सी पीटीआईका अनुसार, विधेयकको नाम परिवर्तन गरेर ‘लिन्डसे ग्राहम स्यान्क्सनिङ रसिया एन्ड इरान एक्ट अफ २०२६’ राखिएको छ । अमेरिकी सिनेटले उक्त विधेयकलाई ८६–११ मतले पारित गरेको बीबीसीले जनाएको छ ।
विधेयकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रूसबाट तेल तथा ग्यास आयात गर्ने शीर्ष पाँच देशबाट अमेरिकामा आयात हुने सामानमा १०० प्रतिशतसम्म आयात शुल्क (ट्यारिफ) लगाउने अधिकार दिने व्यवस्था गरेको छ ।
ह्वाइट हाउसको राष्ट्रिय आर्थिक परिषद्का निर्देशक केभिन हेसेटले विधेयकले भारत–अमेरिका व्यापार सम्झौताको वार्तामा पर्ने असरबारे प्रतिक्रिया दिएका छन् । बीबीसीका अनुसार उनले भनेका छन्, ‘यो वार्ताकारहरूमा निर्भर गर्छ । अहिले चलिरहेको प्रक्रियाबारे म केही भन्न सक्दिनँ ।’


